१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

मन्दिरको दान पेटिकाबाट रु पाँच लाख चोरियो

गौशाला-महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित प्रसिद्ध बाबा जलेश्वरनाथ महादेवको दान पेटिकाबाट गएराति रु पाँच लाखभन्दा बढी चोरी भएको छ ।

जिल्ला प्रहरी कार्यालय, महोत्तरीका प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायका अनुसार जलेश्वर नगरपालिका–१ स्थित सो मन्दिरमा रहेको दान पेटिका फोरिएको थियो ।

स्थानीय बासिन्दाले रु पाँच लाख बढी भने पनि प्रहरीले दानपात्र सानो भएकाले त्यसमा त्यति रकम हुन नसक्ने जनाएको छ । चोरको खोजतलास भइरहेको जनाइएको छ । रासस

प्रकाशित: ७ माघ २०७३ ०७:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App