१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

सत्यकलालाई ‘एक्लो बनायो हङगकङ आइडी’ले

खोटाङ– गायीका सत्यकला राईले खोटाङका श्रोता र समर्थकलाई छमछमी नचाएकी छन्। लामो समयसम्म जन्मथलो नआएकी गायीका राईलाई हलेसी सामुदायीक रेडियोको आठौँ बार्षिकोत्सवले दिक्तेलसम्म डोर्‍याएको हो। आईतबार आयोजित बार्षिकोत्सवमा आइपुगेकी गायीका राईले श्रोताबाट रुचाइएका गीतहरु गाएर शुभेच्छुक र समर्थकलाई नचाएकी हुन्।

 जिल्ला विकास समितिको समिक्षालय हलमा आयोजित कार्यक्रममा ‘तिमी म सँग नबोल्ने अरे’ बोलको गीतबाट गीत गाउन सुरु गरेकी गायीका राईले ‘तिमीलाई हङगकङ पुर्‍यायो’, ‘कुरा च्याटैमा भेटौंला मायालु ईन्टरनेटैमा’ लगायतका चर्चित गीतहरु पस्किएकी थिईन्। गीत गाउँदै कम्मर मर्काउँदै दर्ककलाई नाच्न आग्रह गरेपछि अतिथिहरु मञ्च अगाडि पुगेर नाचेका थिए। गायीकाको गीतमा सांसद, नेता, प्रशासक, संघसंस्थाका प्रतिनिधि लगायतले छमछमी नाचे । सत्यकलालाई गायक तथा डिएसपी नबिनकिशोर प्रधानले आफ्नै एल्बमको गीत गाएर साथ दिएका थिए । यस्तै, पुर्वेली संगीत बिद्यालयका कलाकारले लाईभ वाद्यवादनका साथमा सांगीतिक कार्यक्रम प्रस्तुत गरेका थिए।

प्रकाशित: १६ माघ २०७३ १२:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App