१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

त्रिवि कर्मचारी संघको चुनाव फागुन ५ मा

काठमाडौं- त्रिभुवन विश्वविद्यालय कर्मचारी संघ केन्द्रीय समितिको चुनाव आगामी फागुन ५ गते हुने भएको छ। चुनावका लागि देशभरका आंगिक क्याम्पस, कार्यालय, अनुसन्धान केन्द्र, परीक्षा नियन्त्रण कार्यालय गरी ६७ वटा मतदान केन्द्र रहनेछन्। निर्वाचनमा पाँच हजार चार सय ६७ कर्मचारीले मतदान गर्ने समितिले जनाएको छ।

निर्वाचनमा कार्यालय सहयोगीदेखि शाखा अधिकृत स्तरका कर्मचारीसम्मले मात्र मतदान गर्न पाउने समितिले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । २१ सदस्यीय कार्यकारी समितिमा अध्यक्ष एक, वरिष्ठ उपाध्यक्ष एक, उपाध्यक्ष पाँच, महासचिव, सचिव एक, कोषाध्यक्ष एक र केन्द्रीय सदस्य ११ जना निर्वाचित हुनेछन्। त्रिवि कर्मचारी संघ केन्द्रीय निर्वाचन समितिका प्रमुख केदार ढकालका अनुसार निर्वाचनका लागि सम्पूर्ण प्राविधिक एवं प्रशासनिक तयारी पूरा भएको छ।

प्रकाशित: १७ माघ २०७३ ०३:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App