२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

'इटहरी जान्छु' भन्दै हिँडेकी युवतीको विभत्स शव खोटाङमा भेटियो

खोटाङ- भोजपुरकी युवती खोटाङको डम्बर्खुशिवालयमा विभत्स अवस्थामा मृत फेला परेकी छन्। भोजपुर नगरपालिका कोदारकी अन्दाजी २८ वर्षीया युवती सुमिना महत डम्बर्खुशिवालय-१ स्थित काभ्रेखोलामा मृत अवस्थामा मृत फेला परेकी हुन्।

खोलाको गहिरो खोँचमा घोप्टो परेर लडिरहेको अवस्थामा शनिबार दिउँसो फेला परेको युवतीको शव सोधखोजकाक्रममा सुमिनाको भएको खुलेको प्रहरीले जनाएको छ।

रातो स्वीटर, नाकमा फुली र हातमा बाला लगाएको हुलियाका आधारमा सोधखोजपछि मृतक युवतीको पहिचान भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक नविनकिशोर प्रधानले बताए।

परिवारका अनुशार बुधबार घरबाट हिँडेकी सुमिनाले 'इटहरी जाँदैगरेको' जानकारी गराएकी थिइन्। युवतीको घाँटी र अनुहारमा खुकुरीको गहिरो चोट देखिएकाले घटनालाई शंकास्पद मानिएको छ।

घटनाको विषयमा बिस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। युवतीको मृत शव भेटिएको ठाउँमा आलो रगत भेटिएकाले शुक्रबार राति घट्ना भएको अनुमान गरिएको छ।

प्रकाशित: २४ माघ २०७३ ०७:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App