६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

बाबुले प्रहार गरेको खुकुरीबाट छोराको मृत्यु

कैलाली- कैलालीको घोडाघोडी नगरपालिकामा ७२ वर्षीय बुबाले खुकुरी प्रहार गरेपछि छोराको मृत्यु भएको छ। गएराति ११.३० बजे घोडाघोडी नगरपालिका–१ रामपुरका बाबु राजमली रोकायको खुकुरी प्रहारबाट उहाँका ४३ वर्षीय छोरा कर्ण रोकायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

बाबु छोराबीच जग्गाको विषयमा विवाद हुँदा बाउले प्रहार गरेको खुकुरीबाट छोरा घाइते भएका थिए। घाइते छोरालाई उपचारको लागि घोडाघोडी अस्पताल पुर्‍याइएको थियो भने घोडाघोडी अस्पतालले थप उपचारका लागि कोहलपुर मेडिकल कलेजमा पठाउँदा उपचारकै क्रममै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

बाबु रोकायलाई इलाका प्रहरी कार्यालय सुखडले नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। यस्तै कैलालीको अत्तरिया नगरपालिकाको राजमार्गबाट करिब २० मिटर उत्तरतर्फ एकजना मृत अवस्थामा फेला परेका छन्।

मृत अवस्थामा फेला परेका ३३ वर्षीय रमेश ऐरको कुनै घाउ चोट नरहेको र मुखबाट बान्ता गरेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ। मृतक ऐरको सेती अञ्चल अस्पतालमा शव परीक्षण गरी आफन्तको जिम्मा लगाएको छ। रासस

 

प्रकाशित: २६ माघ २०७३ ०६:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App