१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

नयाँ आर्यनसँग रेखा

काठमाडौं- अभिनेता आर्यन सिग्देलसँग सबैभन्दा धेरै हिट फिल्म दिएकी रेखा थापा र सिग्देलबीच पानी बाराबार छ। दुवैले सँगै फिल्म खेल्नु त परको कुरा, एकले अर्काको नामसम्म सुन्न चाहँदैनन्। पुराना आर्यनसँग मनमुटाव रहे पनि रेखा नयाँ आर्यनसँग भने फिल्म खेल्न राजी भएकी छन्।

'के म तिम्रो होइन र' बाट यसै वर्ष 'डेब्यु' गरेका आर्यन अधिकारी रेखाको नयाँ फिल्मको हिरो बन्ने भएका छन्। सवीर श्रेष्ठको निर्देशन र निर्माणमा बन्ने फिल्म 'कसो कसो माया बस्यो' मा रेखा नायक आर्यन अधिकारीको अपोजिटमा देखिन लागेकी हुन्। श्रेष्ठका अनुसार प्रेमकथा रहने फिल्मको छायांकन आगामी वैशाखदेखि सुुरु हुनेछ। निर्देशक श्रेष्ठलाई लिएर फिल्म 'कसले चोर्‍यो मेरो मन' को सिक्वेल 'कसले चोर्‍यो मेरो मन फेरि' बनाउने घोषणा गरेकी अभिनेत्री रेखा थापाले आफ्नो फिल्मलाई पछाडि सार्दै सविरकै नयाँ फिल्ममा अभिनय गर्ने भएकी छन्।

काइट्स् इन्टरटेनमेन्टको ब्यानरमा रामहरि धितालसँगको सहकार्यमा श्रेष्ठले फिल्म बनाउन लागेका हुन्। उनले यसअघि धितालसँगै मिलेर रेखालाई नै शीर्ष भूमिकामा लिँदै फिल्म 'तथास्तु' निर्माण गरेका थिए।

निर्देशक श्रेष्ठले हाल फिल्मको प्रि–प्रोडक्सनको काम भइरहेको बताए। उनकै लेखन रहने फिल्ममा दिनेश सुनामको संगीत, किरण खरेलको शब्द हुनेछ। रेखा हाल होम प्रोडक्सनको फिल्म 'रुद्रप्रिया' को प्रि–प्रोडक्सनमा र आर्यन 'बटरफ्लाई' को सुटिङमा व्यस्त छन्। सवीर श्रेष्ठले रेखाकै फिल्म 'कसले चोर्‍यो मेरो मन' बाट निर्देशनमा 'डेब्यु' गरेका हुन्।

प्रकाशित: २८ माघ २०७३ ०४:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App