एमाले युवा संघको विवाद चुलियोः छुट्टै महाधिवेशन गर्ने नेपाल पक्षधरको चेतावनी

बिहिबार, ०५ फागुन २०७३, १६ : ४३ नागरिक

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भातृ संगठन युवा संघ नेपाल माधव नेपाल पक्षधरले एक हप्ताभित्र आफूहरुले अघि सारेका मागहरु सम्बोधन नभए छुट्टै महाधिवेशन गर्ने चेतावनी दिएको छ ।

नेपाल पक्षधरले संघको नेतृत्व र पार्टीका जिम्मेवार नेताहरूले संघलाई हुकुमी शैलीमा संचालन गर्नु–गराउनु, गैर–राजनीतिक चरित्र भएको भन्दै एक हप्ताभित्र मागहरू सम्बोधन नगरी उपेक्षा गरे ०७४ वैशाख ९ देखि १२ गतेसम्म चितवनमा महाधिवेशन सम्पन्न गर्ने चेतावनी दिएको छ।

संघकी उपाध्यक्ष दिलु पन्तले पार्टीको विधानबाट हटाइएको कुरालाई अझै पनि कायमै छ र हो भनेर संस्थापक पक्षले दलबलको आधारमा छलफल नै नगरी एकलौटी रुपमा युवा संघ कब्जा गर्न उद्त रहेको आरोप लगाइन्।

‘पार्टीको राजनीतिक लक्ष्य बोकेर आगामी देशको स्थानीय तहको निर्वाचनमा पार्टीलाई प्रमुख दलको हैसियतमा उभ्याउनको लागि परेका कार्यकर्तालाई गुटगत हिसाबमा बिभाजित गरेर राजनीतिक चरित्रमाथि प्रश्न चिन्ह खडा गरिँदैछ, हामी यसमा सचेत छौँ,’ उनले भनिन्, ‘यदि एक साताभित्र अन्तरजिल्ला कमिटि खारेज गरिएको स्थितिमा पुनः क्रियाशील गराउने काम संघका नेतृत्वबाट भएको छ, यो हामीलाई मान्य छैन्, हामी एमालेको बिचारमा र सिद्धान्तमा बाँधिएर देश र जनताको भलाइको निम्ति लागि परेका यूवा वर्ग हौँ।’

महाधिवेशनको नाम र अध्यक्ष पदको लागि मात्रै तपाईहरुको बिरोध त होइन ? भनेर पत्रकारले सोधेकोे प्रश्नको जवाफमा उपाध्यक्ष पन्तले भनिन्,‘सत्यको वकालत गर्दा कुण्ठा र पदको लागि हुन्छ भने त्यसमा मेरो भन्नु केही छैन्, म एमाले पार्टीको आधिकारिक विधि र विधानलाई शिरोधार्य गर्ने मान्छे हुँ, नीति विपरित कसैले काम गर्छ र गर्दैछ भने त्यसको विपक्षमा उभिने मान्छे हुँ, हाम्रा तमाम साथीहरूको माग भनेको विवादरहित यूवा संघ बनाउने हो, हामी यसै मार्गमा अघि बढेका छौँ।’

त्यस्तै संघका सचिव हस्तबहादुर शाहीले प्रेस विज्ञप्ति वाचन गर्दै केही यूवा साथीहरू विचार भन्दा पनि दलबलको आधारमा पार्टीको विधानलाई कुल्चेर अन्तरजिल्ला कमिटिलाई स्वतन्त्र संगठन हो भनेर प्रचार गर्नु आफैमा लज्जाको विषय भएको टिप्पणि गरे।

त्यस्तै अर्का सचिव नरेश शाहीले पार्टीको विधान र नियामावली कुल्चेर संघको महाधिवेशनलाई विवादमा पार्न खोजेको ओरोप लगाए।

उनले भने, ‘पार्टीको नियमावली विपरीतका सांगठनिक संरचनाहरूलाई क्रियाशील गर्नु भनी एमाले पार्टी संगठन विभाग सचिव ज्ञानबहादुर भुजेलले पत्र लेख्नु अराजनीतिक काम हो, यस्ता कामले संगठनलाई मात्रै होइन,पार्टीलाई पनि फाईदा गर्दैन ।’

उनले फरक प्रसंगमा संविधान कार्यन्वयनको चरणमा रहेको बेला संघका यसअुनसारका सांगठनिक संरचना निमार्ण गरेर महाधिवेशनमा जानुको साटो पुरानै संरचनामा फर्किने कुरा संस्थापन पक्षको प्रतिगामी कार्य भएको आरोप लगाए।









यसमा तपाईको मत

Loading...

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

लम्फू अब सुटिङमा

लम्फू अब सुटिङमा

दुई वर्ष अघि निर्माण घोषणा गरिएको फिल्म ‘लम्फू’ सोमबारबाट सुटिङका लागि फ्लोरमा जाने भएको छ। गोपालचन्द्र लामिछानेको निर्देशनमा बन्न लागेको...

धुर्मुस सुन्तलीलाई विवेकशीलको पाँच लाख सहयोग

धुर्मुस सुन्तलीलाई विवेकशीलको पाँच लाख सहयोग

भूकम्पपछिको पुनःनिर्माणका काममा सक्रिय धुर्मुस सुन्तली फाउन्डेसनलाई विवेकशील नेपाली दलले  पाँच लाख रुपैयाँ सहयोग गरेको छ। आइतबार राजधानीमा आयोजित कार्यक्रममा...

दोस्रो थारु साहित्यिक मेला कैलालीमा हुने

दोस्रो थारु साहित्यिक मेला चैतको १८ देखि २० सम्म धनगढी-७ को पटेला गाउँमा हुने भएको छ। टीकापुरमा फागुन १४ गते...

'देशभक्ति भावुकता हो, जो धनी वर्गमा बढी हुन्छ'

दक्षिण एसियाका साहित्यकार के लेखिरहेका छन्? सार्क मुलुकको साहित्य कता जाँदै छ? संसारमै सबैभन्दा बढी लेखक यही क्षेत्रमा छन्, तर...