२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

नाम हत्यामा कूटनीतिज्ञ संलग्नताको आरोप

क्वालालाम्पुर- मलेसियाको प्रहरीले उत्तर कोरियाली शासक किम जोङ उनका सौतेनी दाजुको हत्यामा मलेसियास्थित उत्तर कोरियाली दुतावासका वरिष्ठ कूटनीतिज्ञको संलग्नता रहेको आशंका गरेको बिबिसीले जनाएको छ।

मलेसियन प्रहरीले हत्यामा संलग्न रहेको आशंका गरिएका तीन उत्तर कोरियामध्येका एक ह्योन क्वाङ सङ मलेसियाका लागि उत्तर कोरियाली दुतावासका द्वितीय सेक्रेटरी रहेको बताएको छ। प्रहरीले किम नामलाई क्वालालाम्पुर मकाउको उडान कुरिरहेको बेला विमानस्थलमा दुई महिलाले टक्सिन प्रयोग गरेर हत्या गरेको प्रमाणित गरेका छन्।

बुधबार पत्रकार सम्मेलन गर्दै मलेसियन प्रहरीका प्रमुख खालिद अबु बकारले पहिले आशंका गरिएका व्यक्ति बाहेक अन्य तीन जना उत्तर कोरियाली नागरिक शंकास्पद देखिएकाले खोजी गरिरहेको बताएका थिए। तीन उत्तर कोरियाली मध्ये एक ४४ वर्षे ह्योन क्वाङ सङ, क्वालालाम्पुरमा रहेको उत्तर कोरियाली दुतावासका द्वितीय सेक्रेटरी रहेको उनले बताए। अन्य दुई शंकास्पद उत्तर कोरियालीमा एयर कोर्योका कर्मचारी ३७ वर्षे किम उक र अर्का री जु यु रहेको पनि मलेसियन प्रहरीले बताएको छ।

खालिदले मलेसियाका लागि उत्तर कोरियाली राजदुतलाई ह्योनसहित अन्य शंकास्पद उत्तर कोरियालीलाई अनुसन्धानका लागि सहयोग गर्न पत्र लेखिसकेको पनि बताए। यदि राजदुतले सहयोग गरेनन् भने हामी उनीहरुलाई हाम्रोमा आउनका लागि बाध्य गर्नेछौं, उनले थपे।

उत्तर कोरियाले भने आफ्ना कूटनीतिज्ञ किम नामको हत्यमा संलग्न नरहेको बताएको बिबिसीले जनाएको छ।

प्रकाशित: १२ फाल्गुन २०७३ ०४:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App