१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

मापसे गर्ने शिक्षकलाई सरसफाईको सजाय

खोटाङ– पटकपटक मादक पदार्थ सेवन गरेर आउने शिक्षकलाई जिल्ला शिक्षा कार्यालय खोटाङले कार्यालय सरसफाइ गर्ने सजाय दिएको छ। सुध्रिनका लागि पटकपटक चेतावनी दिँदा र राजीनामा माग्दा समेत मादक पदार्थ सेवन गरेर विद्यालय आउन नछाडेपछि सदरमुकाम दिक्तेलस्थित सरस्वती आधारभूत प्रावि पोखरीका शिक्षक मीनबहादुर खत्रीलाई जिल्ला शिक्षा कार्यालय सरसफाइ गर्ने सजाय दिइएको हो।

खत्रीलाई आइतबार काजमा जिल्ला शिक्षा कार्यालय ल्याएर सरसफाइ गर्ने जिम्मा दिइएको जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालले बताए। नसुध्रिएसम्म खत्रीलाई काजमा राखेर सरसफाइको काममा लगाइने कार्यालयले जनाएको छ।

गत कात्तिक ३० मा मादक पदार्थ सेवन गरेर विद्यालय आएको अवस्थामा शिक्षक खत्री पक्राउ परेका थिए। आगामी दिनमा गल्ती नदोहोर्‍याउने सर्तमा छाडिएका खत्रीले पुनः मादक पदार्थ सेवन गरेर विद्यालय आउने गरेको अभिभावकको गुनासो आएपछि उनलाई काजमा शिक्षा कार्यालय तानिएको हो।

‘प्रहरी लगाएर पक्राउ गर्‍यौं, राजीनामा दिन लगायौं,’ जिशिअ नेपालले भने, ‘केही गर्दा पनि नसुध्रिएपछि काजमा शिक्षामा ल्याएर सरसफाइ गर्नु भनेका हौं।’ खत्री निमावि तहका अस्थायी शिक्षक हुन्।

प्रकाशित: १६ फाल्गुन २०७३ १२:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App