इन्टरनेट बन्द!

शुक्रबार, २० फागुन २०७३, १० : ४९ नागरिक


अमेरिकाको स्टानफोर्ड विश्वविद्यालयका जेफ हेनककले मनोवैज्ञानिक र सामाजिक प्रक्रिया अध्ययन गर्ने गर्छन्। उनले केही समयअघिदेखि इन्टरनेट बन्द हुँदाका अवस्थामा के होला यो संसार भन्नेबारे प्रयोग गरिरहेका छन्। सन् २००८ देखि उनले यो प्रयोग गर्न थालेका हुन्, जसमा उनका आफ्ना विद्यार्थीहरूलाई इन्टरनेटबाट पूर्ण रुपमा टाढा राख्छन्। प्रयोगले के देखायो भने ‘अफलाइन’ हुँदा उनीहरूको कामलाई पूर्ण रुपमा असर पार्ने गरेको छ, सामाजिक जीवन नै प्रभावित भएको छ र साथी तथा परिवारको चिन्ताले सताउन थाल्छ। यो सन् २००८ को परिणाम थियो तर अहिले त इन्टरनेटको जति उपयोग हुन्छ, त्यति कहिल्यै भएको थिएन। यतिबेला इन्टरनेट बन्द गरियो भने अर्थव्यवस्था, यात्रा, कारोबार, कम्पनी र मनोविज्ञान सबैतिर पूर्ण रुपमा असर पार्ने देखिन्छ।

इन्टरनेट ठप्प हुँदाका असरबारे अमेरिकाको होमल्यान्ड सेक्युरिटी विभागले कोपेनहेगेन विश्वविद्यालयका स्टिन लोमबर्गलाई अध्ययन गर्न लगाएको थियो। लोमबर्ग र उनका साथीले सन् २००० पछि कम्प्युटर र इन्टरनेटमा भएको गडबडीका कारण उत्पन्न आर्थिक प्रभाव पत्ता लगाएका थिए। जसमध्ये २० कम्पनीका तीन महिने आयव्ययमा खासै फरक देखिएन। जबकि ती कम्पनीले इन्टरनेट कनेक्सन अवरोध हुँदा गहिरो असर परेको बताइरहेका थिए।

यसको निष्कर्ष के निकालियो भने केही दिन इन्टरनेट बन्द भयो भने मानिसको काममा त्यति धेरै नराम्रो असर पर्दैन। अँ, केही ढिलासुस्ती चाहिँ अवश्य हुन्छ। लोमबर्ग भन्छन्, ‘कर्मचारीले ती सबै काम गरे, जुन उनीहरूले इन्टरनेटमा रहँदा गर्ने गर्थे। फरक के मात्र थियो भने त्यही काम गर्न उनीहरूलाई दुई–तीन दिन बढी लाग्यो।’ बरु इन्टरनेट बन्द हुँदा केही कर्मचारीको कार्यक्षमता ह्वात्तै बढ्यो।

अर्को एउटा अध्ययनमा लोमबर्ग र उनका सहकर्मीले गरेको अध्ययनमा के पाइयो भने पाँच या त्योभन्दा बढी घण्टा इन्टरनेट बन्द भएको खण्डमा चुप लागेर बस्नुको साटो पहिले नगर्ने काममा ध्यान दिन थाले। कर्मचारीहरूले पेपरवर्कमा ध्यान दिन थाले। यसले कारोबारमा राम्रो प्रभाव पर्नु स्वाभाविक थियो। ठट्टा गर्दै लोमबर्ग भन्छन्, ‘संसारभरिका ठूला कम्पनीले हरेक महिना केही घण्टाका लागि कम्प्युटर बन्द गरिदिने हो भने पछि गरौँला भनेर टारिएका कामहरू धमाधम सम्पन्न हुन्छन्।’

धेरैलाई अर्को भ्रम ठूला विमान कम्पनी र यात्रालाई असर पार्ने देख्छन् तर अध्ययनले त्यो सम्भावना पनि कम देखिएको छ। हवाई जहाज, रेल, बसले इन्टरनेट बिना नै यात्रुलाई यात्रा गराउन सक्छन् तर कारोबारमा भने साँच्चिकै असर पर्ने देखिन्छ। इन्टरनेट बन्द हुँदा सबैभन्दा बढी डे–केयरमा बालबालिका छाड्ने आमाहरूलाई चिन्ता हुने देखिएको छ। मानिसमा मनोवैज्ञानिक असर पर्ने र बेचैनी बढ्ने देखिएको छ। सामाजिक रुपमा एक्लिने डर उनीहरूलाई हुने देखिएको छ।

सन् १९७५ ताका न्युयोर्कको टेलिफोन कम्पनीमा लोडसेडिङको असरका कारण म्यानहट्टनको तीन सय वटा ब्लकमा २३ दिनसम्म लाइन आएन। यस्तो अवस्थामा परिवारसँग सम्पर्क हुन नसकेकाले उनीहरूमा मनोवैज्ञानिक असर परेको देखियो। उनीहरूले आफूलाई समाजबाट सम्पर्क विच्छेद भएको महसुस गरे। टेलिफोन चल्न थालेपछि उनीहरूमा आत्मविश्वास पुनः फर्किएको पाए।

सामान्यतः इन्टरनेटका कारण मानिसहरू एकअर्काबाट टाढिएको आरोप लगाउँछन् तर विशेषज्ञका अनुसार, इन्टरनेटको अभावमा पनि मानिस बढी सामाजिक हुने अपेक्षा गर्न सकिँदैन। प्रायः इन्टरनेट प्रयोगकर्ताहरू नै बढी सामाजिक हुन्छन्। इन्टरनेट नहुँदा मानिसहरूबीच भेटघाट बढ्छ, कार्यालयका कर्मचारी एकअर्कालाई इमेल पठाउनुको साटो कुनै ठाउँमा कुराकानी गर्छन्। कोपेनहेगन विश्वविद्यालयका स्टिन लोमबर्गको भनाइ भने बेग्लै छ, ‘जसले जे सुकै भने पनि अहिलेको अवस्थामा हाम्रो जीवनशैली धेरै परिवर्तन भइसकेको छ। अधिकांश अवस्थामा इन्टरनेट बिना एक दिन पनि गुजार्न कठीन छ।’

बिबिसी फ्युचरमा र्‍याचल नुअरको आलेख









यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।


अन्य समाचार

'पहिला नेपाली फिल्म हेर्दा झुर लाग्थ्यो'

'पहिला नेपाली फिल्म हेर्दा झुर लाग्थ्यो'

अभिनय क्षेत्रमा आउनुअघिसम्म नेपाली फिल्मप्रति अभिनेत्री सुरक्षा पन्तको धारणा सकारात्मक थिएन। नियमित फिल्म हेर्ने गरे पनि फिल्मप्रति उनको आलोचना तिखो...

विवादित बन्यो राष्ट्रिय कला प्रदर्शनी

विवादित बन्यो राष्ट्रिय कला प्रदर्शनी

आन्तरिक विवाद थाती राखेर सुरु भएको सातौं राष्ट्रिय ललितकला प्रदर्शनी विवादित बनेको छ। गलत कलाकृतिलाई पुरस्कृत गर्नेदेखि लिएर  प्रतिष्ठानका गतिविधी...

सायद २ को दोस्रो ट्रेलर सार्वजनिक

सायद २ को दोस्रो ट्रेलर सार्वजनिक

नेपाली फिल्म ‘सायद २’ ले दोस्रो ट्रेलर सार्वजनिक गरेको छ। आइतबार हाइलाइट्स नेपालको औपचारिक च्यानलमार्फत ‘सायद २’ को दोस्रो ट्रेलर...

प्रेमध्वज–दुर्गालालको ठट्टा

प्रेमध्वज–दुर्गालालको ठट्टा

श्रेष्ठले घोषणा गरे–‘कसैले प्रेमध्वज कहिल्यै रिसाएको, रिसाएर मुख बिगारेको देखेको भए भन्नु, तुरुन्तै १० हजार पुरस्कार ।’ प्रधानसँगै उपस्थित गलल...