१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
प्रवास

दूतावास ल्याउन १० वर्षसम्म स्पेनबासी नेपालीले के-के गरे?

बार्सिलोना—दूतावास स्थापना गर्ने सरकारको निर्णयपछि स्पेनस्थित नेपाली संघ संस्थाहरुले एक दशक अघि हुँदै आएका पहलको स्मरण गरेका छन्। नेपाली दूताबास स्थापना गर्ने सरकारको निर्णयलाई स्वागत गर्दै उनीहरुले विगतमा गर्दै आएका पहलको सम्झना गरेका हुन्।

गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् स्पेनले बुधबार बार्सिलोनामा आयोजना गरेको कार्यक्रममा सरकारले निर्णय कार्यान्वयन नगर्दासम्म दवाब दिने प्रतिबद्धता ब्यक्त गरेका छन्।

स्पेनमा नेपाली दूतावास स्थापनाको निर्णयसँगै अब नेपालमा पनि स्पेनिस दूताबास खोल्न पहल गर्ने सामुहिक उद्‌घोष उनीहरुले गरेका छन्। उद्देश्य पूरा गर्न सपना देख्नु पर्ने बताउँदै, परिवार पुनर्मिलनको क्रममा दिल्लीमा नेपालीहरुले भोगेका समस्याहरु समाधानका लागि नेपालमा पनि स्पेनिस दूताबास स्थापना हुनु पर्नेमा जोड दिएका हुन्।

गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् स्पेनले बुधबार बार्सिलोनामा आयोजना गरेको कार्यक्रममा सरकारले निर्णय कार्यान्वयन नगर्दासम्म दवाब दिने प्रतिबद्धता ब्यक्त गरेका छन्।

कार्यक्रमलाई टेलिफोनबाट सम्बोधन गर्दै परराष्ट्र मन्त्री डा. प्रकाश शरण महतले स्पेनमा दूताबास स्थापना भएपछि स्पेन र पोर्चुगलमा रहेका नेपाली समस्या सम्बोधन हुने विश्वास ब्यक्त गरेका छन्। दुवै मुलुकका लागि सरकारले छुट्टाछुट्टै दूतावास स्थापना गर्ने अवस्था नरहेको बताउँदै म्याड्रिड दूताबासले नै पोर्चुगलमा रहेका नेपालीहरुको समस्यालाई सम्बोधन गर्ने बिश्वास ब्यक्त गरे। मन्त्री महतले दुई मुलुकका नेपालीहरुको आवश्यकतालाई महशुस गर्दै स्पेनमा दूताबास खोल्ने सरकारले निर्णय गरेको बताए।

'स्पेन राष्ट्रसंघको एउटा महत्वपूर्ण सदस्य राष्ट्र पनि हो। भाषाको दृष्टिकोणले पनि स्पेनिस भाषा अन्तरार्ष्ट्रिय भाषाको रुपमा पहिचान प्राप्त गरेको छ। एउटा ठूलो महत्वपूर्ण देशमा रहेका नेपालीहरुको संख्यालाई पनि ध्यानमा राखेर दूताबासको स्थापना गर्ने निर्णय गरेका हौं। यसले दुई देशबीचको सम्बन्धलाई झनै प्रगाढ पार्ने विश्वास लिएका  छौं।'

दूतावासको माग पोर्चुगलमा पनि रहेको भन्दै मन्त्री महतले भने,'पोर्चुगलमा पनि नेपालीहरुको ठूलो संख्या छ। तथापी दुई ठाउँमा दूताबास राख्न सम्भव थिएन। पोर्चुगल नजिकै रहेको देश स्पेनको दूतावासमार्फत त्यहाँका समस्या र आवश्यकता पोर्चुगल सरकारसँगको सम्बन्धलाई पनि स्पेनको दूताबासमार्फत प्रगाढ पार्न सक्षम हुनेछौ भन्ने विश्वास छ।'

एनआरएनए स्पेनका अध्यक्ष मुक्तबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अथितिको रुपमा गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका सदस्य तथा पर्यटन दूत एकराज गिरी, पर्यटन दूतहरु दीपक खरेल,चिन्तामणी सापकोटा,नेपाली जनसम्पर्क समिति स्पेनका अध्यक्ष शालिकराम डुम्रे,प्रबासी नेपाली मञ्चका अध्यक्ष दिनेश गुरुङ,जनप्रगतीशिल मञ्चका अध्यक्ष गंगाप्रसाद भुसाल लगायत स्पेन स्थित संघ संस्थाका प्रतिनिधिहरु सहभागी थिए।

कार्यक्रमको संचालन संघका महासचिव उमेश अधिकारीले गरेका थिए।

भिडियो

प्रकाशित: २० फाल्गुन २०७३ ०५:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App