१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

अन्तरपार्टी युवा सञ्जालद्वारा युवा परिषद बहिस्कारको घोषणा

काठमाडौं–प्रमुख पार्टीका युवा भातृ संगठन सम्मिलित अन्तरपार्टी युवा सञ्जालले पुर्नगठन नगरे प्रधानमन्त्री अध्यक्ष रहने राष्ट्रिय युवा परिषद र युवा तथा खेलकुद मन्त्रालयले गर्ने सम्पूर्ण गतिविधि बहिस्कार गर्ने भएको छ।

सञ्जालले शनिबार पत्रकार सम्मेलन गरेर परिषदमा एउटा दलको कार्यकर्तामात्र भर्ती गरेर भर्ती केन्द्र जस्तो बनाएको भन्दै यसलाई तत्काल सबैलाई समेट्ने गरी पुर्नगठन नगरुन्जेसम्म सम्पूर्ण कार्यक्रम बहिस्कार गर्ने घोषणा गरेको हो।

पत्रकार सम्मेलनमा सञ्जालकी संयोजक राधा घलेले सरकारले परिषद गठनमा कुनै एक दलको मात्रै भर्ती केन्द्र बनाएर परिषद गठनमा अन्य संगठनको भूमिकालाई अवमुल्यन गर्न खोजिएको आरोप लगाउँदै परिषद पूर्नगठन गरेर सबैलाई नसमेटे कडा आन्दोलनमा उत्रने चेतावनी दिइन्।
उनले कुनै एक दललाई मात्रै प्राथमिकता दिएर सञ्जालमा विभाजन ल्याउने योजना बनाइएको दाबी गर्दै  असार २६ गते प्रधानमन्त्रीबाट परिषदको कार्यालय उद्घाटन कार्यक्रमलाई बाहिस्कार गर्ने र त्यसलाई तत्काल नसच्याए थप आन्दोलनको कार्यक्रम ल्याउने बताइन्।
युवा तथा खेलकुद मन्त्रालयले गत असार १९ गते परिषदलाई विस्तार गरी पूर्णता दिएको थियो।

पत्रकार सम्मेलनमा प्रगतिशिल युवा संघका अध्यक्ष लोकेन्द्र शाही, समाजवादी यूवा फोरमका अध्यक्ष सुनिलकुमार चौधरी, सद्भावना युवा मञ्चका उपाध्यक्ष रञ्जितकुमार सिंह, तराई मधेस यूवा फ्रन्टका सहमहासचिव कामेन्द्र बर्मा, राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका केन्द्रीय कार्य समिति सदस्य सूर्यबहादुर तामाङ, यूवा फोरम लोकतान्त्रिककी केन्द्रीय सदस्य झरना तिवारीले सरकारले परिषदलाई समग्र युवाको हितमा भन्दा पनि पार्टीकरण गरेको भन्दै त्यसका विरुद्ध जस्तो सुकै आन्दोलन गर्न समेत तयार रहेको बताएका थिए।

 

प्रकाशित: २५ असार २०७३ १०:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App