५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

डा.केसीद्वारा ८ औं पटक अनसन सुरु

काठमाडौं- मेडिकल शिक्षाका विकृतिविरुद्ध डा.गोविन्द केसीले अाठौं पटक अनसन घोषणा गरेका छन्। त्रिवि शिक्षण अस्पतालमा उनले आफ्ना ४ बुँदे माग पुरा नहुन्जेलसम्म अनसन बस्ने उल्लेख गरे। पत्रकार सम्मेलन गर्दै उनले अनसन थालेका हुन्। 

पत्रकार सम्मेलनमा उनले आफ्ना माग पढेर सुनाएका थिए। यस पट केसीले ४ बुँदामा आफ्ना माग समेटेका छन्। व्यापारीक स्वार्थका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीले सुधारको प्रक्रिया अवरुद्ध पारेको आरोप उनले लगाएका छन्। उनले भनेका छन्, 'भ्रष्टहरुलाई संरक्षण दिएका र अरुलाई ब्ल्याकमेलिङ गरिरहेका तथा कार्यक्षेत्र नाघेर काठमाडौं विश्वविद्यालयको प्रवेश परीक्षामा हस्तक्षेप गर्न लगाएका अदअआ प्रमुख लोकमानसिंह कार्कीमाथि तत्काल संसदले महाभियोगको प्रकिया अघि बढाओस्।'

उनले अख्तियारका आयुक्त राजनारायण पाठकमाथि समेत महाभियोगको प्रक्रिया अघि बढाउन उनले भनेका छन्।

माथेमा प्रतिवेदनको सुझाव विपरीत काठमाडौंमा खोल्ने भनेर प्रस्तावित प्रतिष्ठान सम्वन्धि हाल संसदमा विचाराधीन विधेयक तत्काल फिर्ता गर्न केसीले माग गरेका छन्। चिकित्सा शिक्षा नीति आउन नदिने तर आफ्नो पदीय अधिकार दुरुपयोग गरेर निहित स्वार्थका लागि सो प्रतिष्ठानसम्वन्धी विधेयक पारित गर्न खोज्ने सांसदहरुमाथि समेत कानूनी प्रक्रिया बमोजिम छानविन र कारवाही प्रक्रिया अघि बढाउनु पर्ने उनको माग छ। केसीले विगतमा भएका सम्झौता कार्यान्वयन गर्न समेत भनेका छन्। चिकित्सा शक्षा ऐनमा सुधार गरेर यही अधिवेशनबाट पारित गर्नु पर्ने उनको माग रहेको छ।

 

प्रकाशित: २६ असार २०७३ १०:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App