१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

हिमालय टाइम्स प्रतिष्ठानमा नयाँ कार्यसमिति चयन

काठमाडौं- नेपाल पत्रकार महासंघ हिमालय टाइम्स शाखा प्रतिष्ठानमा नयाँ कार्यसमिचि चयन गरिएको छ। महासंघका केन्द्रीय सदस्य सुरज आचार्यको उपस्थितिमा सोमबार सम्पन्न अधिवेशनले दीपक बरालको अध्यक्षतामा नयाँ कार्यसमित निर्विरोध चयन गरेको हो।

कार्यसमितिमा गोविन्द अर्याल उपाध्यक्ष, पार्वती थापामगर सचिव, निरज देव कोषाध्यक्ष चयन भएका छन्। सदस्यहरुमा खनिता पाण्डे, सुजित मैनाली र धिरज अधिकारी चयन भएका छन्।

अधिवेशनले केन्द्रीय पार्षद्मा गोविन्द लुइँटेल र मदन कोइरालालाई चयन गरेको छ। प्रादेशिक पार्षद्मा चूडामणि कोइराला र सृजना पाण्डे चयन भएका छन्। निर्वाचन अधिकृत राजेश खनालले निर्वाचित कार्यसमिति र पार्षदको नाम घोषणा गरेका थिए।

प्रकाशित: ८ चैत्र २०७३ ०६:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App