२० वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

‘जितले टेस्ट खेल्न प्रोत्साहन’

ढाका(एएफपी)– बंगलादेशले आइतबार श्रीलंकाविरुद्धको दोस्रो टेस्टमा हात पारेको ऐतिहासिक जितले अन्य टोलीलाई आफ्नो टोलीसँग टेस्ट खेल्न प्रोत्साहन गर्ने बंगलादेशी क्रिकेट बोर्डका प्रमुखले बताएका छन्।

आफ्नो  सयांै टेस्ट स्वर्णिम बनाउने क्रममा बंगलादेशले कोलम्बोमा रंगना हेराथको टोलीमाथि ४ विकेटको जित हात पारेको थियो । बंगलादेशले विदेशी भूमिमा शीर्ष टोलीलाई पराजित गरेको यो पहिलो पटक हो ।

सन् २००० मा टेस्ट मान्यता पाएको बंगलादेशले यसअघि जिम्बावे र वेस्ट इन्डिजको घरेलु मैदानमा जित हात पारेको थियो ।

बंगलादेशको लगातारको असफलता शीर्ष टोलीले उनीहरूविरुद्ध टेस्ट खेल्न अनिच्छुक बन्नुको प्रमुख कारणका रूपमा रहेको थियो ।

बंगलादेशले गत महिना भारतीय भूमिमा पहिलो पटक टेस्ट खेल्ने क्रममा हैदराबादमा एक टेस्ट खेलेको थियो । यसअघि टोलीले सन् २००३ मा अस्ट्रेलियाको भ्रमण गरेको थियो ।

बंगलादेश क्रिकेट बोर्डका प्रमुख नाजमुल हसनले कोलम्बोमा आइतबार हात पारेको जितपछि आफ्नो टोलीलाई हेर्ने अन्य टोलीको दृष्टिकोण फेरिने र उनीहरूलाई बंगलादेशविरुद्ध धेरैभन्दा धेरै टेस्ट खेल्न आकर्षित गर्ने बताएका छन् ।

‘विगतमा भन्दा अहिले सबै टोली हामीसँग खेल्न आतुर छन्, यसमा कुनै दुबिधा छैन,’ हसनले भने, ‘उनीहरुले हामीविरुद्ध आफ्नो पहिलो रोजाइको टोली उतार्नेछन् । सबै टोलीले बंगलादेशलाई  फरक नजरले हेर्नेछन् । हामीले अर्को एक वर्षका लागि खेलतालिका बनाएका छांै, जसअनुसार हामीले यस अवधिमा कम्तीमा १० टेस्ट शृंखला खेल्नेछांै ।’

‘विगतमा हामीले त्यति धेरै टेस्ट म्याच खेलेनांै, किनभने शीर्ष टोलीले बंगलादेशलाई गम्भीर रूपमा लिएनन्,’ उनले भने ।

हसनले सन् २०१५ मा एकदिवसीय विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेपछि श्रीलंकामाथि दोस्रो टेस्टमा हात पारेको जित नै अहिलेसम्मकै ठूलो उपलब्धि भएको बताएका छन् ।

‘खेलाडीमा खेल जित्नुपर्छ भन्ने आत्मविश्वासको भावना बढेको छ,’ हसनले भने,’ कहिलेकाहीं जितको लय रोकिन सक्छ तर हामीसँग युवा टोली छ र हामीले राम्रो प्रदर्शन गर्दै आफूलाई प्रमाणित गर्न सक्छांै ।’

 

 

प्रकाशित: ९ चैत्र २०७३ ०३:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App