१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

सहरको स्वाद

भक्तपुर दरबार क्षेत्रको कला र संस्कृतिको भव्यताको वर्णन कहिल्यै पूरा हुँदैन। त्यहाँका मूर्त–अमूर्त सम्पदा प्राचीनकालदेखि नै जीवन्त छन्, तिनले त्यो ऐतिहासिक सहरको गरिमा उचालिरहेका छन्।

सभ्यताको त्यो उचाइलाई अझ अग्लो स्थानबाट हेर्न 'स्विट होम' नामको भक्तपुरको 'रूफ टप' उपयुक्त ठाउँ हुन सक्छ। स्विट होम कुनै मिठाइ घर होइन, यो यहाँको एउटा होटलको नाम हो।

२०७२ साल वैशाखको भूकम्पले नभत्केको भए भक्तपुर दरबार क्षेत्रको सुन्दर सम्पदामध्ये एक हो, फसीदेवल। फसीदेवलको आडैमा रहेको स्विट होमको तुलना ती प्राचीनकालका सम्पदासँग गर्न नसकिए पनि यसका ‰यालहरूबाट ती सम्पदालाई मज्जाले अवलोकन भने गर्न सकिन्छ।

चार वर्षदेखि सञ्चालनमा रहेको स्विट होम मूलतः गेस्ट हाउस भए पनि खानाको पारखीमाझ यसको रुफ टप रेस्टुराँ लोकप्रिय रहेको छ। आराम गर्दै नेपाली तथा कन्टिनेन्टल खानाका लागि ग्राहक स्विट होमको पाँचौँ तल्लाको रुफ टपसम्म उक्लन्छन्। चौथो तल्लामा सफासुग्घर र खुल्ला किचेन छ। त्यहीँ एक डाइनिङ हल पनि छ। त्यसभन्दा माथि रहेको रुफ टप मा ५६ जनाको अक्युपेन्सीसहित सेट अप गरिएको रेस्टुराँ सञ्चालक केपी अवाल जानकारी दिए।

रुफ टपबाट भक्तपुर सहर र काठमाडौँ उपत्यकाको दृश्यवलोकन गर्न सकिन्छ। मौसम खुलेको बेला उत्तरतर्फ चम्किरहेको हिमाल हेर्दै अनुभवी सेफले तयार पारेको खाना खाने आरामदायी ठाउँ हो स्विट होम।

'हरेक सेफको हातमा स्वादको जादु त छँदैछ। यहाँको विशेषता जिब्रोलाई खानाको स्वाद मात्र हैन, आँखालाई सहरको दृश्यात्मक स्वाद पनि चखाउनु हो।' एक दशकको व्यावसायिक अनुभव भएका सेफ रमेश सत्याल भन्छन्, 'त्यसैले म ग्राहकलाई सहरको स्वाद लिनुस् भनेर रमाइलो पनि गर्छु।'

सेफ सत्यालले भनेजस्तै 'टेस्ट द टाउन' अर्थात् 'सहरको स्वाद लिनुस्' यो स्विट होमको कुनै स्लोगन नै नभए पनि स्विट होमले अनुभवी सेफको सीपका अतिरिक्त सहरको स्वाद पनि पस्कँदै आएको छ। त्यसो भन्दैमा मेन्युको स्वाद र क्वालिटीमा भने सम्झौता नगरिएको सत्याल दाबी गर्छन्। नेपाली दालभात र केही कन्टिनेन्टल खाना यहाँको विशेष मेन्युमा पर्छन्। जस्तो ग्रिल्ड चिकेन ब्रेस्ट यहाँको विशेष स्वाद हो। यसलाई नेपालीले मन पराउने गरी सादा भातसहित सर्भ गरिन्छ। नजिकका रेस्टुराँका मेन्युमा कम मात्र समावेश गरिएका स्टेक फुडका लागि स्वादका पारखीलाई स्विट होमले स्वागत गर्ने गरेको छ।

समग्रमा भन्नुपर्दा स्टाफहरूको मीठो स्वागत र अनुभवी सेफको जिब्रोमै झुण्डिने स्वादयुक्त खानेकुरा खान स्विट होम जान सकिन्छ। खाना पृथकखालका त छन्, सायद यही कारण अलि महँगा पनि छन्। यद्यपि, नेपालीका लागि मूल्यमा छुटको व्यवस्था भएको भनिएकाले 'बार्गेिनङ' गर्न असहज नमान्दा हुन्छ। 

प्रकाशित: १२ चैत्र २०७३ ०३:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App