१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

बारामा २९७ मतदान केन्द्र

कलैया– आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि बारामा २९७ मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालय, बाराले जनाएको छ।

विसं २०६८ को जनगणनाअनुसार तीन लाख ५१ हजार २४४ पुरुष र तीन लाख ३६ हजार २६४ महिला गरी कुल छ लाख ८७ हजार ७०८ जनसङ्ख्या रहेको बारा जिल्लामा दुई वटा उपमहानगरपालिका, चारवटा नगरपालिका र नौ वटा गाउँपालिका रहेका छन्।

जिल्लामा एक लाख ८६ हजार १४६ पुरुष, एक लाख ५० हजार ८४२ महिला र ५१ जना तेस्रोलिङ्गी गरी कुल तीन लाख ३७ हजार ३९ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख नरेश सर्राफले बताए।

विगत २०७० सालमा सम्पन्न भएको दोस्रो संविधानसभाको निर्वाचनमा दुई लाख ९६ हजार ५२८ जना मतदाताले २९७ वटा मतदान केन्द्रबाट मतदान गरेका थिए। रासस

प्रकाशित: १२ चैत्र २०७३ ०८:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App