१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

स्थानीय तहको निर्वाचन हुन्छ: उपाध्यक्ष गौतम

चितवन- नेकपा (एमाले) का उपाध्यक्ष वामदेव गौतमले तोकिएको समयमा स्थानीय तहको निर्वाचन हुनेमा विश्वस्त रहन आग्रह गरेका छन्।  

यहाँ आज पत्रकारसँग कुराकानी गर्दै उनले स्थानीय तहको निर्वाचन कुनै पनि शक्तिले बिथोल्न नमिल्ने बताए। सरकारले संविधान संशोधनको प्रस्तावमार्फत स्थानीय तहको अधिकार कटौती गर्न खोजेको भन्दै गौतमले एमालेले यसलाई असफल बनाउने बताए।

मधेसी मोर्चाका नाममा सरकार तमासे बनेर निर्वाचन नगराउने खेलमा लागेको भन्दै उनले तराई–मधेसका जनताको पाँच प्रतिशत समर्थन भएका राजनीतिक दलले निर्वाचन बिथोल्न खोज्नु गलत रहेको बताए।

आफूहरुले सप्तरीमा आयोजना गरेको आमसभालाई सरकारले नियोजित तरिकाले बिथोलेको भन्दै पुनः आमसभाको तयारी भइरहेको उनले बताए। अबको आमसभा पनि बिथोलियो भने यसको जिम्मेवारी सरकारले लिनुपर्ने उनको भनाइ थियो। रासस

 

प्रकाशित: १२ चैत्र २०७३ १३:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App