१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

चीन नेपालमा निर्वाचन होस् भन्ने चाहन्छ: प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले चीनले नेपालमा सबै राजनीतिक दलहरुको सहमतिका साथ निर्वाचन होस् भन्ने चाहेको बताएका छन्। चीन भ्रमणबाट आज स्वदेश फर्केका प्रधानमन्त्री दाहालले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै चीनमा भएका उच्चस्तरीय भेटमा राष्ट्रपति, उपप्रधानमन्त्रीदेखी मन्त्री सम्मले नेपालमा निर्वाचन होस् भन्ने भावना व्यक्त गरेको उनले बताए।

निर्वाचन हुन्छ र ? भनेर प्रश्न सोध्नु नै बेठिक भएको दाहालको भनाई थियो। 'हामी धेरै अघि बढिसक्यौं। यो प्रश्नले जनातालाई भ्रममा राख्छ', प्रधानमन्त्रीले भने।

नेपाल र चीनबीचका अवसर र सम्भावनालाई सदुपयोग गर्दै आपसि सम्वन्धलाई थप दरिलो बनाउने विषयमा भ्रमण महत्वपूर्ण भएको दाहालको भनाई थियो। चिनियाँ राष्ट्रपति सी जिङपिङलाई नेपाल भ्रमणको निमन्त्रणा स्मरण गराएको उनले बताए। 'महामहिम राष्ट्रपतिलाई नेपाल भ्रमणको निमन्त्रणा स्मरण गराएको छु', उनले भने, 'दुवै पक्षलाई अनुकुल हुने गरी उहाँले छिट्टै नेपाल भ्रमण गर्ने बताउनु भएको छ।'

निर्वाचन हुन्छ र ? भनेर प्रश्न सोध्नु नै बेठिक भएको दाहालको भनाई थियो। 'हामी धेरै अघि बढिसक्यौं। यो प्रश्नले जनातालाई भ्रममा राख्छ', प्रधानमन्त्रीले भने।

दुवै देशबीच नियमितरुपमा उच्च सरकारी अधिकारी र सांसदहरुको भ्रमण आदान प्रदान गरी मित्रतालाई दरिलो बनाउने समझदारी भएको दाहालले बताए।

भ्रमणको क्रममा वान वेल्ट वान रोडमा नेपाल सहभागिता हुने प्रतिवद्धता जनाएको प्रधानमन्त्रीले बताए। नेपालमा रेल मार्ग निर्माण, सडक, उर्जा, सीमा व्यापार, विद्युतीय प्रशारण लाइन, औद्योगिक पार्क निर्माण तथा स्तरउन्नतीको विषयमा पनि कुरा भएको दाहालले बताए।

भूकम्प पछिको पुननिर्माणमा सहयोग गर्ने र  दुई देशबीच अन्तरसंजाल निर्माण र विस्तार गर्ने समझदारी पत्रलाई छिट्टै अन्तिमरुप दिइने प्रष्ट पारे। रेलमार्ग निर्णमाको विषयलाई प्राथमिकताका साथ राष्ट्रपति सीसँग उठाएको उनले बताए। विगतमा भएका सहमतिलाई तिब्रताका साथ कार्यान्वयन गर्ने विषयमा महत्वपूर्ण छलफल भएको दाहालको भनाई थियो। क्रस वोर्डर इकोनोमिक जोन, रसुवागढी स्याफ्रु वेसी सडकको स्तरोन्नति गर्ने विषयलाई अन्तिम रुप दिइ हस्ताक्षर गर्न दुवै देशका सम्वन्धित निकायलाई निर्देशन दिने समझदारी भएको दाहालले जानकारी दिए।

तातोपानी नाकालाई पुन सञ्चालनमा ल्याउन चिनियाँ सहयोगको अपेक्षा राख्दा उक्त विषयलाई चिनियाँ राष्ट्रपतिले आफुले व्याक्तिगतरुपमा समेत ध्यान दिएको बताउँदै नाका खोल्ने विश्वास व्यक्त गरेको दाहालले जनाए।

प्रकाशित: १६ चैत्र २०७३ ०६:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App