नेपालमा बढ्दै ट्याटु सौखिन
काठमाडौं –ट्याटू संस्कृति प्रवद्धनका लागि सुरु गरिएको सातौं अन्तराष्ट्र्रिय नेपाल ट्याटु कन्भेन्सन आइतबार समापन भएको छ। शुक्रबार ललितपुरस्थित हेरिटेज गार्डेन कन्भेन्सन सेन्टरमा सुरु भएको ट्याटु कन्भेन्सनमा नेपाल र विदेशका गरी सयभन्दा बढी कलाकार सहभागी थिए।
नेपाल ट्याटु प्राइभेट लिमिटेडले आयोजना गरेको कन्भेन्सनमा अन्तराष्ट्र्रियस्तरमा फैलिएको ट्याटुहरु तयार बनाएर कलाकारहरुले प्रस्तुत गरेका थिए। ‘हामीले विगत ६ वर्षदेखि नेपालमा ट्याटु कन्भेन्सन गरिरहेका छौं। युवा पुस्ताहरुमा ट्याटु कल्चरप्रति रुचि बढ्दै गएको छ। त्यसमाथि अहिले ट्याटुलाई व्यवसायिक बनाउँदै लगेका कलाकारहरुको संख्यामा बृद्धि भएको छ,’नेपाल ट्याटु प्राइभेट लिमिटेडका विजय श्रेष्ठले भने,‘अन्तरारर्ष्ट्र्रियस्तरमा चर्चा पाएको कलाकारहरु नेपालमा बसेर ट्याटु व्यवसाय गरिरहेका छन्।’
‘टुगेदर फर आर्ट’ नारासहित सुरु भएको ट्याटु कन्भेन्सनमा नेपालबाहेक जर्मनी, अमेरिका, जापान, स्पेन, थाइल्यान्ड, अष्ट्रेलिया, भारत, चीन र इटाली लगायत देशका कलाकार सहभाथी थिए।
'सानोदेखि शरीरभरि हान्ने ट्याटुबारे जान्न इच्छुक जमात ठूलो छ। यो कन्भेन्सनले कलाकार र ट्याटु खोप्न चाहने सौखिनबीच प्रत्यक्ष साक्षात्कार गराउन सहयोगी भूमिका निर्वाह गरेको छ,’ हिमालयन इकंकी रक्षा गुरुङले भनिन्।
ट्याटुका खोप्दै गरेका तस्विरहरु