१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

काठमाडौं आइपुगे डिजे डिप्लो

काठमाडौं– गत वर्षका ग्रामी अवार्ड विजेता अमेरिकन डिजे डिप्लो नेपाल आइपुगेका छन्। मंगलबार बिहान ११ बजे टर्किस एयरलाइन्सबाट त्रिभुवन विमानस्थल ओलिएका डिजे डिप्लोले भोलि ‘डिप्लो इन नेपाल’ नामक सांगीतिक प्रस्तुती दिदैंछन्।
गायक जस्टिन बिबरसँग ‘वेर आर यु नाउ’ बोलको गीतको लागि ग्रामी अवार्ड थापेका डिजे डिप्लो होटल द्धारिकाजमा बसेका छन्। पाँच सदस्य टोलीसहित नेपाल आइपुगेका डिजे डिप्लोले बुधबार दरवारमार्गस्थित क्ल्व डेजा भुमा सांगीतिक कार्यक्रम प्रस्तुती दिदैंछन्।
यसअघि आधिकारिक ट्वीटर एकाउन्टबाट नेपाल आउन लागेको जानकारी गराएका हुन्। ‘काठमाडौं जाँदैछु। आगामी २६ घण्टामा यहाँहरुसँग भेट हुनेछ,’उनले ट्वीट गरेका छन्।
विगत तीन वर्षदेखि राजधानीमा विभिन्न डान्ससम्बन्धी कार्यक्रम आयोजना गरिरहेको डान्समान्डुले डिजे डिप्लोलाई नेपालमा ल्याएका हुन् । ‘डिप्लो इन नेपाल’ नामक कार्यक्रममा डिजे डिप्लोले आफ्ना नयाँ पुराना डिजे रिमिक्सहरु प्रस्तुत गर्नेछन्।
विश्वप्रसिद्ध गाियका म्याडोना, बियोन्से, साकिरा, ब्रिट्नी स्पीयर्स्, क्रिस ब्राउन, जस्टिन बिबर र एमआइए लगायत कलाकारसँग सहकार्य गरिसकेका डिजे डिप्लोले अन्तराष्ट्र्रिय टूर अन्तर्गत नेपाल आइपुगेका हुन्।‘
‘नेपाल आइपुगेका गत वर्षका ग्रामी अवार्ड विजेता अमेरिकन डिजे डिप्लोले बुधबार दरवारमार्गस्थित क्ल्ब डिजा भुमा सांगीतिक कार्यक्रम प्रस्तुती दिदैंछन् । सांगीतिक कार्यक्रमको लागि आज साँझ केहीबेर रिहर्सल समेत हुनेछ,’आयोजकका निशान मानन्धरले भने,‘ यसअघिनै हामीले ‘डिप्लो इन नेपाल’ नामक कार्यक्रमको टिकट बिक्री भइसकेको छ ।’ सांगीतिक प्रस्तुतीको आयोजना डान्समाण्डुले गर्दैछ।

प्रकाशित: २२ चैत्र २०७३ ०६:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App