२९ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

चिर्पटले हानेर श्रीमानको  हत्या

इटहरी– मदिराले मातेकाे झोकमा झगडा गर्दा इटहरीकी एक महिलाले लोग्नेलाई चिर्पटले हानेर हत्या गरेको खुलेको छ । इटहरी वडा नं. ४ मा बस्ने ४० वर्षीया बिन्दा चौधरीले लोग्ने ३० वर्षीय उत्तम पराजुलीलाई हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको हो । 

बिन्दाले उत्तमलाई सोमबार बिहान चिर्पटले हानेकोमा उपचार गर्न विराटनगर लाने क्रममा बाटैमा मृत्यु भएको थियो ।  

घटनाअनुसार, बिन्दा र उत्तमले सोमबार बिहानै मदिरा पिएका थिए । मदिरा पिएपछि दुवै जनाबीच विवाद भएको थियो ।  त्यही झोकमा चिर्पटले बिन्दाले टाउकोमा हान्दा उत्तम घाइते भएका थिए । घाइते उत्तमलाई बिन्दाले उपचारका लागि विराटनगरको नोवेल अस्पताल लाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। बिन्दा र उत्तमबीच प्रायः दिनहुँजसो झगडा हुने गथ्र्यो । बिन्दा मृतक उत्तमकी कान्छी श्रीमती हुन् । 

जेठी श्रीमती सात महिनाअघि विदेश गएपछि बिन्दालाई उत्तमले विवाह गरेको खुलेको छ । जेठी श्रीमती विदेश गएपछि इटहरी वडा नं. ५ घर भएका उत्तमले घर छाडेर बिन्दासँग इटहरी वडा नं. ४ मा भुवनाबी दुलालको घरमा डेरा लिएर बस्दै आएका थिए । विन्दाले दस बर्षअघि विवाह गरेको श्रीमान त्यागेर इटहरीमै बस्दै आएकोमा कात्तिकमा दोस्रोपटक विवाह गरेकी हुन् । उत्तमले दोस्रो विवाह गरेपछि घरपरिवारसँगै आफन्तको सम्पर्कमा नभएको आफन्तले जनाएका छन् । आफन्तले मृत्युभएपछि मात्र जानकारी पाएको पत्ता लागेको छ । 

प्रहरीले बिन्दालाई नियन्त्रणमा लिई अनुसन्धान थालेको छ। उनले चिर्पटले हानेको स्वीकार गरेको प्रहरीले जनानएको छ । ‘पोष्टमार्टम रिपोटमा पनि टाउँकोमा रगत जमेकाले गर्दा मृत्यु भएको उल्लेख गरिएको छ र बिन्दाले पनि सहजै स्वीकार गरेकी छन्,’ इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी नरेशराज सुवेदीले भने । 

प्रकाशित: २२ चैत्र २०७३ १४:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App