१५ वैशाख २०८१ शनिबार
image/svg+xml
प्रविधि

पोकेमन गो ह्वाइटहाउसदेखि डार्विन प्रहरी चौकीसम्म !

ह्वाइटहाउस– लाखौं पोकेमन गोका पारखीहरु कार्टुन मोस्टर खोज्न आफ्नो घर तथा कार्यलय छोडिरहेको बेला केही मासिनहरुले भने आश्चर्य रुपमा आफ्नो घर तथा कार्यलयलाई एक आकर्षक केन्द्रका रुपमा रुपान्तरित भएको पाएका छन्।

निनटेन्डोले स्मार्टफोनमा विकास गरेको पोकेमन गोमा यसका खेलाडीहरुले खेलको प्रमुख आकर्षणमा रहेको पोकेमनलाई समात्न प्रेरित गर्दछ र अन्य साथीहरुसँग मिलेर पोकेमन पाइने स्थानको खोजी गर्न थाल्छन्। यसका लगि उनीहरुले आफ्नो स्मार्टफोनको जिपिएस डाटाको प्रयोग गर्दछन्। उनीहरुले पोमेकन बसेको स्थान पत्ता लगाउन धेरैे समय खर्चने गर्दछन्। उनीहरुले समातेको पोकेमन र अन्य साथीहरुले समातेका पोकेमन एक आपसमा भिडाएर मज्जा लिने गरेका छन्।

निनाटिका संस्थापक तथा सिइओ जोन हन्केले भने युवाहरुको आग्रहमा हटस्पटहरु थप गरिएको बताए। उनले यसकालागी आफुहरुले ऐतिहासिक स्थानलाई प्राथमीकता दिएको बताए।

थप गरिएका केही स्थलहरुः

१. बोस्टनका एक मानिसको घरलाई जिम भनेर राख्दा

बुन श्रिडने बोस्टनमा एक घर किनेका थिए जुन पहिला चर्चका रुपमा थियो। पोकेमन गोमा चर्चलाई जिमका रुपमा ट्याग गरिएको हुन्छ। अन्य स्मार्टफोनका खेल पारखी जस्तै उनले पनि आफ्नो स्मार्टफोन पोकेमन गो एप डाउनलोड गरे। उनी अचम्मित तब बने, जब उनले उक्त खेलमा पोकेमन लुकेको जिमका रुपमा आफ्नो घर भएको पाए। साथै उनले आफ्नो घर आसपास केही मानिसहरु आफ्नो स्मार्टफोन घरतर्फ लक्षित गर्दै पोकेमनको खोजीमा आएको पाए।

२.होलोकस्ट म्युजियम

वासिङटन डिसीस्थित दि होलोकस्ट म्युजियमले भने पोकेमन गोमा म्युजियमलाई एक स्थानका रुपमा राख्नु अनुचित भएको बताएको छ । म्युजियमका प्रवक्ता एन्ड्रियु होलिङगरले भने, ‘म्युजियम जस्तो संवेदनशील स्थललाई खेलमा राख्नु अनुचित हो र हामी यसलाई हटाइयोस भन्ने माग राख्दछौँ। उनले स्मार्टफोनकर्ताले आफ्नो मोवाइल म्युजियमको जानकारी लिन मात्र प्रयोग गर्नु पर्ने बताए।

३. अस्ट्रिेलियाको एक प्रहरी चौकी

पोकेमन गोमा डार्विनको एक प्रहरी चौकीलाई पनि पोकेमन लुकेको स्थानको रपमा राखिएको छ। डार्विनको एक प्रहरी चौकीका अधिकारीहरु प्रहरी चौकी आसपास बच्चाहरुको भिड देख्न चाहँदैनन्। उनीहरुका अनुसार प्रहरी चोैकी सडकभन्दा पारी रहेको र बच्चाहरुले खेलमा मात्र ध्यान दिएर सडक वारपार गर्दा दुर्घटनाको खतरा रहेको बताएका छन्। साथै उनीहरुले आफ्ना छिमेकीहरुको सुरक्षा आफ्नो प्रमुख दाहित्व रहेको पनि बताएका छन्।

हाल उक्त खेल स्मार्टफोनमा भाइरलका रुपमा रहेको छ।

 

प्रकाशित: २९ असार २०७३ ०९:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App