१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

स्वयम्सेवकलाई मतदाता शिक्षा दिन सुरु

धादिङ – आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय धादिङले कार्यकर्ता र मतदाता स्वयम्सेवकलाई मतदाता शिक्षा दिन सुरु गरेको छ । 

निर्वाचन कार्यालयले निर्वाचनका लागि गर्ने तयारी अन्तिम चरणमा पुगेको जानकारी पनि दिएको छ । कार्यालयका अनुसार जिल्लाभरका सबै मतदानस्थलको पुनरवलोकन पछि उपयुक्त स्थान रोजेर मतदान केन्द्र तोकी निर्वाचन कार्यालयमा पठाइसकिएको छ । 

कार्यालयले जिल्लामा निर्वाचनका लागि गर्नुपर्ने अन्य काम सँगसँगै मतदातालाई कसरी मतदान गर्ने भन्ने तरिका सिकाउन स्वयम्सेवकलाई मतदाता शिक्षाको प्रशिक्षणसमेत सुरु गरेको छ । 

नयाँ स्थानीय संरचनाअनुसार स्थानीय तहमा कति जना प्रतिनिधि हुन्छन्, मतदान गर्दा बदर नहुने गरी कसरी मतदान गर्ने, नयाँ संरचनाअनुसार स्थानीय तहमा प्रतिनिधित्व गर्नेको समावेशीता कस्तो रहन्छ भन्ने जस्ता विषय सिकाएर उनीहरुलाई मतदाताको घरघरमा पठाइने छ । 

धादिङ जिल्लामा एक लाख ३० हजार १४४ पुरुष, दुई लाख छ हजार दुई महिला र एक जना तेस्रो लिङ्गी मतदाता रहेका छन् । 

जिल्लाभर १०९ मतदानस्थल तोकिएका छन् भने २६५ मतदान केन्द्र रहने छन् । धादिङ जिल्लामा १६ वटा दल चुनावी प्रतिस्पर्धामा छन् । नयाँ संरचनाअनुसार यस जिल्लामा ५७४ जना जनप्रतिनिधि निर्वाचित हुनेछन् । रासस 

प्रकाशित: ३१ चैत्र २०७३ ०४:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App