१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

कोरियालीभाषा परीक्षा दरखास्तमा १५ हजारको त्रुटि

काठमाडौं- रोजगार अनुमतिप्रणालीअन्तर्गत कोरिया जानकालागिभरेको भाषा परीक्षाको दरखास्तमा १५ हजारजनाको त्रुटिफेला परेको छ। पहिलोपटक अनलाइनमार्फत दरखास्त संकलनगरिएकोमा १५ हजार निवेदकमध्ये केहीले फोटो, केहीले नामतथाजन्ममितिमा फरक विवरण भरेका हुन्। चैत ९ देखि १८ गते राति १२ बजेसम्म संकलनगरिएका दरखास्तमध्ये अधिकांशको त्रुटि सच्चाएर कोरिया पठाइसकिएको इपिएस शाखाकाअधिकृत शोभाकर भण्डारीले जानकारी दिए।

यसपटककोरियनभाषा परीक्षामा सहभागीहुन७५ हजार पाँच सय ८३ जनाले दरखास्तदिएका छन्। दरखास्तदिएकाको आउँदो जेठ २७ र २८ गते चार सिफ्टमा परीक्षालिने व्यवस्थामिलाइएको भण्डारीले जानकारी दिए। यसपटकभाषा परीक्षा काठमाडौंमामात्रहुने तय गरिएको छ। विगतमापोखरा राखिने गरेको केन्द्र यसपटक खारेज गरिएको  छ। भाषा परीक्षाकालागि काठमाडौंमा २६ वटा केन्द्र कायमगरिएको छ।

कोरिया जान इच्छुकले २४ अमेरिकी डलर (करिब २५ सय रुपैयाँ) तिरेर दरखास्तबुझाएकाहुन्। जसमध्ये ६ डलर नेपालमा सञ्चालनहुने भाषा परीक्षाकालागिखर्च हुन्छ भने १८ डलर कोरिया सरकारले लैजान्छ। यसपटकको भाषा परीक्षा सञ्चालनकालागिकोरियाबाट एक सय जनाको टोली नेपालआउने तयारीमा रहेको भण्डारीले बताए।

भाषा परीक्षा सुरु भएको नौवर्षपछि अनलाइनबाट फारम संकलनगर्ने व्यवस्थामिलाइएकाले सर्वसाधारणलाई केहीसमस्यापरेको हुनसक्ने आंशकागरिएको छ। दरखास्तदिँदाअझै बिग्रेकाको भाषा परीक्षाको नतिजा प्रकाशनपछि पुनः सच्याउन सकिने इपिएस शाखाले प्रस्ट पारेको छ। ‘फोटोमा फरक परेकाबाहेक जन्ममिति, नाममा त्रुटी भएकाको भाषा परीक्षाको नतिजा प्रकाशनपछि सच्चयाउनव्यवस्थामिलाइएको छ,' भण्डारीले भने।

अघिल्लो वर्षको तुलनामा यो वर्ष भारी संख्यामाकोरियाबाट कामदारको मागआएकाले ठूलो संख्याकायुवायुवतीले दरखास्तफारम भरेकाहुन्। गतवर्ष कोरियाले तीनहजार एक सय कोटा तोकेकोमाकरिब ६१ हजार युवायुवतीले भाषा परीक्षामाप्रतिस्पर्धा गरेकाथिए। यसपटक १० हजार दुई सयको कोटा तोकिएकाले एक लाखजतिले प्रतिस्पर्धा गर्न सक्ने शाखाको अनुमान छ।

कोरियाको मानव संशाधन विभागबाट आउने अधिकारीको रोहबरमाहुने भाषा परीक्षामाजसले सर्वाधिकअंकप्राप्त गर्छन्। तिनै युवायुवतीकालागिकोरिया जाने ढोकाखुल्ने भण्डारीले बताए। यो वर्ष कोरियनभाषा परीक्षामा उत्तीर्ण भएकाहरू सन् २०१८ देखि कोरिया जानपाउनेछन्। सन् २००८ देखि दक्षिण कोरियाले उत्पादनमूलक क्षेत्र तथा कृषि र पशुपालनकालागि नेपालबाट श्रमिक लैजानथालेकोहो। यो वर्ष प्राप्तकोटामध्ये चारहजार उत्पादन क्षेत्र र ६हजार दुई सय कृषि र पशुपालनतर्फ हो।

इपिएस सुरु भएयताकरिब ४० हजार नेपालीश्रम बेच्नकोरिया पुगिसकेका छन्।  कोरिया रोजगारीका दृष्टिकोणले मात्रनभई बसाइ र सुरक्षाको दृष्टिकोणले समेत राम्रो भएकाले नेपालीकामदारको आकर्षण बढेको बताउँछन् । पछिल्लो समयमाकोरिया जानपाएजीवनकै ठूलो उपलब्धिहासिल गरेको ठान्नेको संख्या बढिरहेको पाइन्छ। कतिपय त स्वदेशमापाएकाअवसर त्यागेर कोरिया पसिरहेका भेटिन्छन्।

कोरिया जाने युवायुवतीले मासिककम्तीमा सवालाख रुपैयाँपारिश्रमिकपाउने गरेको बताइन्छ। रोजगारीमा जानुअघिको लागतनिकै कमहुने र उतागइसकेपछि चारवर्ष १० महिनासम्मकामगर्न पाउने भएकाले नेपालमाझनै कोरिया मोह बढेको पाइन्छ । विभागले नेपालबाट रोजगारीकालागि खाडी मुलुकजाने कामदारलाई दुई र मलेसियाजानेलाई तीनवर्षको श्रम स्वीकृतिप्रदानगर्ने गरेको छ। तीमुलुकमामासिक ३०–४० हजार रुपैयाँपारिश्रमिकपाउनजानु अघि एक लाख रुपैयाँभन्दा बढी खर्च गर्नुपर्ने बाध्यता छ।

प्रकाशित: ७ वैशाख २०७४ ०५:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App