१५ वैशाख २०८१ शनिबार
image/svg+xml
फोटो फिचर

टिम चाैराहाले डीपीएल उपाधि उचालेपछि (फाेटाे फिचर)

धनगढी – धनगढी प्रिमियर लिगको शनिबार भएको फाइनल खेलमा टिम चौराहाले  बिराटनगर किङ्ग्सलाई ६२ रनले हराउँदै उपाधि हासिल गरेको छ । 

टस जितेर ब्याटिङ गरेको टिम चौराहाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५९ रन बनाएको थियो । सेती अञ्चल प्रहरी कार्यालयको मैदानमा भएको खेलको सुरुवाती ब्याटिङमा उत्रेका राजु रिजाल सून्यमै आउट भए भने कप्तान पारस खड्काले २९,  अरिफ शेखले ५४,  पृथु बाँस्कोटाले १४, अमर रौतेलाले ३१, शौरभ खनालले १४   र अनिल मण्डलले २ रन बनाएका थिए ।
 
जवाफी खेलमा  बिराटनगर किङ्ग्सले १८.१ ओभरमा सबै विकेट गुमाएर ९७ रन मात्र बनाउन सक्यो । कप्तान शरद भेषावकरले २ रन मात्र जोड्न सके भने प्रनित थापामगरले २७, अमित श्रेष्ठले २६, आसिफ सेखले ३,  अनिल शाहले १३, दिपेन्द्र सिंहले १३,  पवन सराफले २, प्रकाश विष्टले ६ रन जोड्न सफल भए । 

हेर्नुहाेस् तस्बिरहरूः

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App