१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

स्मार्टफोनसँग खेल्ने बच्चाको निद्रा कम

लण्डन– तपाईंका सन्तानलाई स्मार्टफोनसँग खेल्ने बानी छ भने सतर्क हुनुहोस् । उनीहरुको यस किसिमको बानीले उनीहरुको निद्रा चोरिरहेको छ । स्मार्टफोन हिजोआज बालबालिकाको निद्राको दुस्मन हुन थालेको छ ।

वैज्ञानिकहरुले गरेको एउटा शोधमा के देखियो भने जो बालबालिका स्मार्टफोन या ट्याबलेटमा बढीभन्दा बढी समय बिताउने गर्छन्, तिनको निद्रा अवधि निकै कम थियो । उनीहरु अन्य सामान्य बालबालिका जो ट्याबलेट वा स्मार्टफोन चलाउँदैनन्, तिनीहरुको तुलनामा कम निद्रा लाग्ने गरेको देखिएको हो ।
अध्ययनमा भनिएको छ, टचस्क्रिनसँग बिताइएको हरेक घण्टा केटाकेटीको निद्रामा १५ मिनेट कम गर्ने गर्छ । यद्यपि अध्ययनले के पनि देखाएको छ भने टचस्क्रिनमा खेल्ने बालबालिकाको मोटर स्किल अन्य बालबालिकाकोभन्दा बढी देखिएको छ ।

बालबालिकाले कति समय स्मार्टफोन र ट्याबलेटमा गुजार्छन् भन्नेमा अध्ययन केन्द्रित गरेका थिए । त्यसैले यस विषयलाई अभिभावकहरुले नदेखेझैँ गर्न नहुने वैज्ञानिकहरुको धारणा छ । दिनप्रतिदिन घरमा टचस्क्रिनको मात्रा बढिरहेको छ तर बाल्यकालमा यसले पार्ने असरबारे निकै कम अध्ययन भएको छ । न त बालबालिकालाई यसका हानिकारक पक्ष नै थाहा हुन्छ ।

लन्डन विश्वविद्यालयको यस शोधमा तीन वर्षभन्दा कम उमेरका बालबालिकाका बाबुआमासँग प्रश्न सोधिएको थियो । उनीहरुलाई सोधिएको थियो, तपाईंको बच्चा कति समयसम्म स्मार्टफोन या ट्याबलेटमा खेल्ने गर्छ ? कति कति बेला खेल्छ ? कतिबेला सुत्छ र कति लामो समयावधिसम्म सुत्छ ?

बेलायतमा भएको यस शोधले ७५ प्रतिशत बालबालिकाले दैनिक टचस्क्रिन खेलाउने गर्छन् र तीमध्ये त ६ महिनादेखि ११ महिनासम्मका बालबालिका यसमा अभ्यस्त हुन थालेका छन् ।

जसले टचस्क्रिनमा खेल्ने गर्छन्, उनीहरु राति कम सुत्ने गर्छन् भने दिउँसो बढी सुत्छन् । एक घण्टासम्म टचस्क्रिन प्रयोग गर्दा उनीहरुको रात्रिकालीन निद्रा १५ मिनेटले घटेको पाइएको थियो ।
 

प्रकाशित: १४ वैशाख २०७४ ०३:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App