१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

‘भरियाको भूगोल’मा दिनेश

काठमाडौं– कवि तथा गीतकार दिनेश अधिकारीको नयाँ कृति ‘भरियाको भूगोल’ आगामी शुक्रबार सार्वजनिक हुने भएको छ । तीन वर्षको विश्रामपछि सुरु हुन लागेको ‘पलेँटी शृंखला’मा उनको कृति सार्वजनिक हुन लागेका हो ।

कवि अधिकारीका अनुसार उनले काव्यमा भरियामार्फत देशको भोगाइको भूगोल विचरण गरेका छन् । काठमाडौंको बानेश्वरमा जन्मिएर सर्लाहीमा हुर्किएका नेपाल सरकारका पूर्व सचिवसमेत रहेका अधिकारीले २०५६ सालमा ‘अतिरिक्त अभिलेख’का निम्ति मदन पुरस्कार र २०५१ सालमा ‘इन्द्रजात्रा’का निम्ति साझा पुरस्कार पाइसकेका छन् ।

२०३७ सालमा ‘अन्तरका चित्तहरु’ कवितासंग्रहबाट कविता यात्रा सुरु गरेका अधिकारीका दर्जनभन्दा बढी कविता संग्रह र गीति संग्रह बजारमा आइसकेको छ । पुस्तक नेपालयले प्रकाशन गर्न लागेको हो ।

 

प्रकाशित: १४ वैशाख २०७४ ०४:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App