१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सरकार संविधान संशोधनका लागि समर्थन जुटाउने प्रयास गर्दै

बिहीबारको बैठकमा सहभागी नेताहरु

काठमाडौं—प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा दर्ता रहेको संविधान संशोधन प्रस्तावलाई अघि बढाउने विषयमा संघीय गठबन्धनका नेताहरुसँग बिहीबार छलफल गरेका छन्। छलफलपछि संशोधनमा समर्थन जुटाउनका संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरुसँग अौपचारिक तथा अनौपचारिक छलफल गर्ने निर्णय गरिएको छ।

बैठकले बिहीबार अनौपचारिक छलफल गरेर शुक्रबार संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुको बैठक बोलाउने निर्णय गरेको छ।

बालुवाटारमा भएको छलफलमा संविधान संशोधन विद्येयक द्रुत मार्गबाट पारित गर्ने विषयमा कुराकानी छलफल भएको छ। बैठकले बिहीबार अनौपचारिक छलफल गरेर शुक्रबार संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुको बैठक बोलाउने निर्णय गरेको छ।

उपप्रधान तथा संघीय मामिलामन्त्री कमल थापा उपस्थित बैठकमा स्थानीय तह थप गर्ने सरकारको यसअघिको प्रस्तावका विषयमा पनि छलफल भएको थियो। संसद सञ्चालन र संविधान संशोधन विधेयक बारे छलफल गर्न प्रधानमन्त्रीले गठबन्धनका नेताहरुलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएका हुन्।

बैठकमा प्रधानमन्त्री दाहाल, उपप्रधानमन्त्री कमल थापा, माओवादी केन्द्रका नेता वर्षामान पुन सहभागी थिए। गठबन्धनका तर्फबाट राष्ट्रिय जनता पार्टीका नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतोलगायत बैठकमा थिए।

प्रकाशित: १४ वैशाख २०७४ ०७:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App