१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

ओली भेट्न कमल थापा एमाले संसदीय दल कार्यालयमा

काठमाडौं—नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र उपप्रधानमन्त्री कमल थापाबीच आज समसामयिक राजनीतिक विषयमा वार्ता भएको छ। सिंहदरबारस्थित एमालेको संसदीय दलको कार्यालयमा भएको भेटवार्तामा उहाँहरुबीच स्थानीय तहको निर्वाचन, मधेसी मोर्चाका असन्तुष्टि र स्थानीय तहको पुनःसंरचनाका विषयमा छलफल भएको हो।

स्थानीय विकासमन्त्री थापाले स्थानीय तहको निर्वाचनमा राष्ट्रिय जनता पार्टीका रुपमा अगाडि आएको मधेसी मोर्चालाई कसरी समेटेर जाने र सीमाङ्कनसम्बन्धी विवादको निदान कसरी खोज्ने भन्ने बारेमा छलफल भएको जानकारी दिए।

प्रमुख प्रतिपक्ष एमाले मुलुकका वर्तमान सबै समस्याको समाधान खोज्न सकारात्मक रहेको समेत उनले बताए। रासस

प्रकाशित: १४ वैशाख २०७४ १०:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App