१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतद्वारा क्षेप्यास्त्र परीक्षण

नयाँदिल्ली- भारतले बिहीबार मध्यम दूरीको आणविक क्षमताको अग्नि तृतीय नाम दिइएको क्षेप्यास्त्रको सफलतापूर्वक परीक्षण गरेको जनाएको छ।

उक्त क्षेप्यास्त्र उडिसा प्रदेशको एउटा टापुबाट परीक्षण गरिएको भारतीय स्रोतले जनाएको हो तीन हजार किलोमिटर दूरीमा प्रहार गरिएको उक्त परमाणु शक्ति अब्दुल्ल कलाम टापुबाट प्रहार गरिएको स्रोतले बताएको छ । 

                राज्यद्वारा संचालित रक्षा अनुसन्धान तथा विकास संगठनले यसको निर्माण गरेको बताइएको छ । अग्नि तृतीयको तीन हजार किलोमिटरसम्म १.५ टन वजन बोक्न सक्ने क्षमता रहेको जनाइएको छ ।

अग्नि द्वितीयकै क्रमागत रूपमा विकास गरिएको अग्नि तृतीयमा अत्याधुनिक एंव परिस्कृत विमान, पथप्रदर्शक नियन्त्रण प्रणालीलगायत यात्राको समय पछिल्लो समय विकास भएको कम्प्युटर प्रणालीको प्रयोग गरिएको बताइएको छ ।

 

प्रकाशित: १५ वैशाख २०७४ ०३:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App