१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतीय वातावरण मन्त्रीको मृत्यु

नयाँ दिल्ली –  भारतको वातावरण मन्त्री अनिल माधव दवेको बिहीवार निधन भएको छ । भारतको राजधानी नयाँ दिल्लीस्थित ६० वर्षको उमेरमा उनको निधन भएको हो । 

आधिकारिक स्रोतका अनुसार ६० वर्षीय दवेलाई आफू निवासस्थित बिहीबार विहान केही असहज महसूस भएपछि राज्यद्वारा सञ्चालित अल इन्डिया इन्स्च्यिुट अफ मेडिकल साइन्स (एम्स) मा लगिएको थियो । 

उपचारको क्रममा एम्समा नै उनको निधन भएको अन्तरराष्ट्रिय समाचार माध्यमले जनाएका छन् । 

दवेआवद्ध रहेका भारतीय जनता पार्टीले उनको निधनको पुष्टि गर्दै विस्तृत विज्ञप्ति प्रकाशित गरेको छ । उनको निधनप्रति भारतीय राष्ट्रपति प्रणव मुर्खजीले गहिरो दुख व्यक्त गरेका छन्। 

त्यसैगरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना सहकर्मीको आकस्मिक निधनबाट आफू स्तब्ध भएको बताएका छन् 

दवेको निधन आफ्नु निजी नोक्सानसमेत भएको मोदीले बताएका छन् । ‘अनिल माधव दवेजीलाई आमनागरिक समर्पित कार्यकर्ताको रुपमा भविष्यमा सम्झना गरिने छ ।’ दवेका अन्य सहकर्मीले पनि उनको निधनप्रति गहिरो दुख व्यक्त गरेका छन् । 

अविवाहित दवे सन् २००९ मा राज्यसभाका सदस्य रहेका गत वर्षबाट वातावरण, वन र जलवायु परिवर्तन विभागको स्वतन्त्र कार्यभार सम्हाल्दै आएका थिए ।

प्रकाशित: ४ जेष्ठ २०७४ ०९:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App