१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

युरोपेली सांसद–परराष्ट्रमन्त्री भेटवार्ता

काठमाडौं- युरोपेली संसद्की सदस्य जिन लाम्बाटको नेतृत्वमा आएको युरोपेली सांसदको प्रतिनिधिमण्डलले सोमबार परराष्ट्रमन्त्री प्रकाशशरण महतसँग शिष्टाचार भेट गरेको छ। युरोपेली संसद्को दक्षिण एसिया मामिलासम्बन्धी अध्यक्षसमेत रहेकी लाम्बार्टको नेतृत्वमा हाल नेपाल भ्रमणमा रहेको प्रतिनिधिमण्डलमा चार सांसद छन्।

भेटका क्रममा नेपाल र युरोपियन युनियनबीचको सम्बन्ध, नेपालको वर्तमान राजनीतिक तथा अन्य समसामयिक विषय र स्थानीय तहको निर्वाचनबारे कुराकानी भएको थियो। भेटमा मन्त्री महतले नेपालको शान्ति प्रक्रिया र नेपालको आर्थिक सामाजिक क्षेत्रमा युरोपियन युनियनले पुर्‍याउँदै आएको सहयोग र सद्भावप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्तो सहयोग र सद्भाव निरन्तरताको अपेक्षा गरिएको बताएका थिए। भेटमा युरोपियन युनियनका सांसदले द्विपक्षीय हितका विविध विषयमा महतसँग छलफल गरेका थिए।

प्रकाशित: ९ जेष्ठ २०७४ ०२:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App