२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

चक्रपथ सफा गर्नेको सङ्ख्या बढ्यो

काठमाडौं–चक्रपथ क्षेत्रको सरसफाइका लागि चलाइएको अभियानमा हजारौं व्यक्तिको सहभागिता भएको छ। चक्रपथ सफाइ अभियानको क्रममा आज सञ्चालन गरिएको अभियानमा करिब १८ टन फोहर सङ्कलन गरिएको छ।

प्रत्येक साता अभियानकै रुपमा सञ्चालन गरिएको उक्त सरसफाइमा फोहर सङ्कलन गर्नेको सङ्ख्या स्वतःस्फूर्त रुपमा ह्वात्तै बढेको छ। नारायणगोपाल चोकबाट फोहर सङ्कलन गर्दे ग्रिनसिटी अस्पताल पुगेर आजको अभियान समापन भएको थियो।

सफाइ अभियानमा काठमाडौं महानगरपालिका, टोखा नगरपालिका, लायन्स क्लब, ग्रिनसिटी अस्पताल, यति हेल्थ साइन्स एकेडेमी, आमा समूह, होटल व्यवसायी सङ्घ, रानीबारी समाज, हिमालय बातावरण, हेराल्ड एकेडेमीलगायतका संस्था संलग्न छ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सक्रिय सहभागिताले फोहर सङ्कलन अभियानलाई थप प्रभावकारी बनाएको फोहर सङ्कलन अभियानका संयोजक एवम् ग्रिनसिटी अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनले बताए।

ग्रिनसिटी अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनको संयोजनमा स्वतःस्फूर्तरुपमा सञ्चालित चक्रपथ सफाइ अभियान सातौं हप्ता पनि ग्रिनसिटी अस्पताल बसुन्धरादेखि नारायणगोपाल चोक पुग्दासम्म ९० टन फोहर सङ्कलन भइसकेको छ । अब अर्को हप्ता अर्थात आठौँ हप्ता ग्रिनसिटी अस्पतालबाट बसपार्कतिर फोहर सङ्कलन गर्ने योजना रहेको बताइएको छ। रासस

प्रकाशित: १४ जेष्ठ २०७४ १२:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App