२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सर्लाहीमा ७ वर्षीय बालकको अपहरण

सर्लाही–सर्लाही, बरहथवा–६ का गोरु ब्यपारी पुकार यादवका ७ वर्षीय छोरा राकेश यादव अपहरणमा परेका छन्। उनलाई भारतीय नम्बर प्लेटको मोटर साइकल चढेर आएका दुई जनाले अपहरण गरेको परिवारले जनाएको छ।

सोमबार साँझ घर अगाडि खेलिरहेका ७ वर्षीया बालकलाई अपहरण गरि बेपत्ता बनाएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी निरीक्षक ललन प्रसाद कुर्मीले बताए।

घर अगाडि खेलिरहेका बालकलाई मोटरसाइकलमा जवर्जस्ती राखेर लगेको स्थानीयले देखेका थिए। अपहरणको कारण खुल्न नसकेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ।

बालक अपहरणको जिम्मा र फिरौती कसैले नमागेको प्रहरीले जनाएको छ। बालकको खोजि गर्न रौतहट र भारतीय प्रहरीसंग समेत समन्वय गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

 

 

प्रकाशित: १७ जेष्ठ २०७४ ०८:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App