४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

दोस्रो चरणको निर्वाचनको लागि उम्मेदवारी दर्ता भोली

काठमाडौं- निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको बताएको छ। शनिबार पत्रकार सम्मेलन गर्दै प्रमुख निर्वाचन आयुक्त डा. अयोदी प्रसाद यादवले उम्मेदवारी मनोनयमा दल र सवतन्त्र उम्मेदवारहरुलाई उत्साहपूर्वक सहभागिता जनाउन आव्हान गरे। निर्वाचन आयोगले असार १४ को निर्वाचको लागि आइतबार विहान ८ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तय गरेको छ।

दोस्रो चरणको निर्वाचनको लागि ४ हजार ५८१ मतदानस्थल र ८ हजार ३६४ मतदान केन्द्र रहने आयोगले जनाएको छ।

प्रदेश नं १, ५ र ७ मा दोस्रो चरणको निर्वाचन हुँदैछ। आयोगका अनुसार दोस्रो चरणमा १ महानगरपालिका, ७ उपमहानगरपालिका, १ सय ११ नगरपालिका र २ सय १५ गाउँपालिकामा निर्वाचन हुने छ।  

पहिलो चरणको निर्वाच वैशाख ३१ गते सम्पन्न भैसकेको छ भने प्रदेश नं २ को निर्वाच असोज २ लाई सरेको छ।

 

 

 

प्रकाशित: ३ असार २०७४ १०:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App