१५ वैशाख २०८१ शनिबार
image/svg+xml
प्रवास

एनआरएन र नेपाली सेनाले विपद् व्यवस्थापनमा सहकार्य गर्ने

एनअारएन अध्यक्ष शेष घले (दायाँ) तथा सेनाको व्यवस्था तथा युद्धकार्य महानिर्देशक उपरथी हिमालय थापा सम्झौतापत्रमा हस्ताक्षर गर्दै। तस्विरः नेपाली सेना

काठमाडौं—गैरआवासिय नेपाली संघ(एनआरएन)ले नेपाली सेनालाई सघाउने सम्झौता भएको छ। सेनाको व्यवस्था तथा युद्धकार्य महानिर्देशक उपरथी हिमालय थापा र संघका तर्फबाट अध्यक्ष शेष घलेले समझदारी पत्रमा बुधबार हस्ताक्षर गरेका हुन्।

सहयोगको मापदण्ड र अवस्था निर्धारणका लागि सेना र संघको संयुक्त कार्यदल बनाउने समेत सहमती भएको छ। सेनाले संघसँग दुईवर्ष अवधिको समझदारी पत्रमा हस्ताक्षर गरेको हो।

एनअारएनले विपद् व्यवस्थापनमा सेनालाई सहयोग तथा सहकार्य गर्नेछ। नेपाली सेनाको विपद् व्यवस्थापनमा क्षमता अभिवृद्धिका लागि आवश्यक सहयोग एनअारएनले उपलब्ध गराउनेछ।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार संघले विपद् व्यवस्थापनमा सेनालाई सहयोग तथा सहकार्य गर्ने समझदारी भएको हो। नेपाली सेनाको विपद् व्यवस्थापनमा क्षमता अभिवृद्धि गर्नको लागि आवश्यक सहयोग संघले उपलब्ध गराउनेछ। सेनाले नेपाल सरकार रक्षा मन्त्रालयबाट स्वीकृति भए बमोजिम कार्यक्रम सम्पन्न हुने जनाएको छ।

रक्षा मन्त्रालयले निर्धारण गरेका मापदण्ड अनुसार विपद् व्यवस्थापनसम्बन्धी तालिम संचालन, उद्धार एवं राहत वितरण तथा सहकार्यका  क्षेत्रहरु निर्धारण गरिएको छ। संयुक्त कार्यदलको निर्माण गरी सहयोगको क्षेत्र र आधारहरु तय गर्नेे समेत समझदारी भएको हो।  

समझदारीले विपद्को समयमा खोज, उद्धार तथा राहत वितरण गर्र्न सहज हुनुका साथै पीडितहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास नेपाली सेनाले लिएको निर्देशनालयले जनाएको छ।

प्रकाशित: ५ श्रावण २०७३ १२:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App