वीरगन्जको सुक्खा बन्दरगाहको काम कारबाही ठप्प

सोमबार, ०५ असार २०७४, १७ : ५१ नागरिक


पर्सा—भारतीय रेल सञ्जालसंग जोडिएको मुलुककै एक मात्र वीरगन्ज सिर्सियास्थित सुक्खा बन्दरगाहको काम कारबाही ठप्प भएको छ।

विषालु सर्पको डसाइबाट मृत्यु भएका मजदुरका आफन्तले उचित क्षतिपूर्तिको माग गर्दै बन्दरगाहको प्रमुख प्रवेशद्वार नै अवरुद्ध गरेपछि गए राति १० बजेदेखि काम कारबाही ठप्प भएको हो।

बन्दरगाहको लोडिङ अनलोडिङ यार्डमा काम गर्ने मजदुर वीरगन्ज उपमहानगरपालिका–१८ का ३५ वर्षीय राजकिशोर साहको आइतबार राति विषालु सर्पको डसाइबाट मृत्यु भएको थियो।

शौच गर्न गएको बेला विषालु सर्पले टोक्दा गम्भीर घाइते भएका उनको उपचारका क्रममा नारायणी उपक्षेत्रीय अस्पताल बीरगन्जमा मृत्यु भएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख ऋषिकुमार ढुङ्गानाले जानकारी दिए।

मृतक साहका आफन्तले उचित क्षतिपूर्तिको माग गर्दै बन्दरगाहको प्रमुख प्रवेशद्वारमा नै शव राखेर प्रदर्शन गरिराखेको त्यहाँबाट हुने मालवस्तुको ढुवानी कार्य अवरुद्ध भएको सुक्खा बन्दगाह सञ्चालक कम्पनी हिमालियन ट्रमिनल्सले जनाएको छ । रासस 







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

ऐश्वर्याकी आमा बस्ने घरमा आगलागी

ऐश्वर्याकी आमा बस्ने घरमा आगलागी

बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनकी आमा बस्ने घरमा आगलागी भएको छ । बान्द्रास्थित लामेर भवनको १३ औं तल्लामा लागेको आगलागीलार्इ...

दर्शकलाई ‘कोहलपुर एक्सप्रेस’ चढाउँदै केकी

दर्शकलाई ‘कोहलपुर एक्सप्रेस’ चढाउँदै केकी

सात वर्ष अघि फिल्म ‘स्वर’बाट फिल्मी अभिनयमा डेब्यु गरेकी अभिनेत्री केकी अधिकारीले झण्डै दर्जन फिल्ममा अभिनय गरेपछि भूमिका परिवर्तन गरेकी...

सोनमको चित्त दुखाइ

सोनमको चित्त दुखाइ

जस्तालाई तस्तै’ व्यवहारका लागि प्रख्यात छिन् सोनम कपुर । उनलाई कसैले चित्त नबुझ्ने कुरा ग¥यो जवाफ दिन रत्तिभर पनि हिच्किचाउन्नन्...

सुटिङमा ‘शत्रु गते’

सुटिङमा ‘शत्रु गते’

झण्डै एक महिना अघि घोषणा गरिएको फिल्म ‘सत्रु गते’ सोमबारबाट सुटिङका लागि फ्लोरमा गएको छ । किरण केसी प्रस्तुतकर्ता रहेको...