२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

तीन फुटका जेम्सले जब टुल चढेर बेहुलीलाई औँठी लगाइदिए

लन्डन – भनिन्छ प्रेममा असम्भव केही पनि हुन्न केवल मानिसको प्रयास नै यसका लागि महत्वपूर्ण हो। २९ वर्षिया जेम्स र २२ वर्षिया क्लोईको बीचमा तीन वर्ष लामो प्रेम विवाहमा परिणत हुन सफल भएको छ। जेम्स ३ फुट ७ इन्चका छन् जबकी क्लोई ५ फुट ७ इन्चकी छिन्।

‘जेम्समा रहेको एक असाधारण गुणकै कारण मैले मेरो प्रेमलाई टुङग्याउने निर्णय गरिन’, उनले भनिन्। पहिलो डेटिङदेखि नै उसँगको विवाह सम्भव छ या छैन भनी सोच्ने गरेको बताउँछिन् ।

ब क्लोईले जेम्ससँगको प्रेमको बारेमा उनकी आमालाई भनेकी थिईन् उनले यसप्रति ठूलै आलोचना खप्नुपरेको थियो। उनकी आमाले जेम्स होचो भएकै कारण उनको जोडी ऊसँग नमिल्ने प्रतिक्रिया दिएकी थिईन्।

‘जेम्समा रहेको एक असाधारण गुणकै कारण मैले मेरो प्रेमलाई टुङग्याउने निर्णय गरिन’, उनले भनिन्। पहिलो डेटिङदेखि नै उसँगको विवाह सम्भव छ या छैन भनी सोच्ने गरेको बताउँछिन् ।

उनीहरूको भेट एक खेलकुद कार्यक्रममा भएको थियो। साथीको रूपमा परिचित उनीहरू क्लोई जेम्सको सकारात्मक सोचले प्रभावित भएको उनले बताइन्।

पहिलो डेटिङको स्मरण गर्दै उनी भन्छिन्, ‘हाम्रो पहिलो डेटिङ २०१३ मो मे महिनामा भए तापनि दुवै जना आफ्नो करिअर निर्माणमा व्यस्त भएकोले प्रेम सम्बन्ध विवाहमा परिणत गर्नका लामै समय लाग्यो।’

प्रेम सम्बन्धबारे खुलेमा धेरै आलोचना खप्नुपर्ने सोचाईले लामो समयसम्म पनि प्रेमबारे खुल्न नसकेकी उनले सुनाइन्। सम्बन्ध बनिसकेको केही समयपछि मात्र जेम्ससँग बिहे गर्ने निर्णय परिवारमा राखेको उनले सुनाइन्।

उनीहरूको विवाह गत वर्ष अगस्टमा भएको थियो। आफ्नो निर्णयबाट कति पनि पछुतो नलागेको उनले सुनाइन्।

प्रकाशित: ६ असार २०७४ ०५:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App