१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

पत्रकार उजिर मगरद्वारा लिखित 'अंश' पुस्तक सार्वजनिक

काठमाडौं- पत्रकार उजिर मगरद्वारा लिखित 'अंश' पुस्तक सार्वजनिक भएको छ। १० बर्षे 'जनयुद्ध' के रिपोर्टिङको समयका संस्मरण समेटेर लेखिएको पुस्तक मंगलबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विमोचन गरे।

विमोचन समारोहमा पुस्तकबारे बोल्दै दाहालले माओवादी आन्दोलनलाई नजिकबाट नियालेर पुस्तक लेखिएकोले भ्रमहरु चिर्न सहयोगी हुने बताए। जनयुद्धबारे जान्नको लागि भविष्यको पुस्तालाई पुस्तकले मदत गर्ने दाहालको भनाई थियो।

कार्यक्रममा बोल्दै पत्रकार युवराज घिमिरेले समाचारले पोर्टफोलियोबाट नभई त्यसको वजनका आधारमा महत्व राख्ने बताए। त्यहि महत्वका कारण उजिरको पुस्तक जन्मिएको उनको भनाई थियो।

पत्रकार नारायण वाग्लेले द्वन्दको समयमा रिपोर्टिङको बारे बुझ्न र सिक्न पाठ्यसामाग्री भएको बताए। नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुईटेलले पुस्तकले एउटा कालखण्डको इतिहाँस समेटेको बताए। नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्ट, नेकपा एमाले प्रचार विभागका सचिव सूर्य थापा र प्रेस सेन्टरका अध्यक्ष गोविन्द आचार्य लगायतले कार्यक्रमा बोलेका थिए।  

प्रकाशित: ६ असार २०७४ १२:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App