१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

महोत्तरीमा अवैध मदिरा भट्टी नष्ट

जलेश्वर ४ मा संचालित मदिरा भट्टी नष्ट गर्दै प्रहरी । तस्बिर : जिल्ला प्रहरी कार्यालय महोत्तरी

महोत्तरी  – महोत्तरी प्रहरीले जलेश्वर नगरपालिका ४ मा संचालनमा रहेको ३ वटा अवैध घरेलु मदिरा भट्टी नष्ट गरेका छन्। 

जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट सई प्रदिप भगतको कमाण्डमा खटिएको गस्ती टोलीले जलेश्वर ४ मा संचालित तीन वटा मदिरा भट्टी नष्ट गर्नुका साथै उक्त भट्टिहरुबाट तयारी मदिरा र कच्चा पदार्थ समेत बरामद गरेका छन् ।
  
प्रहरीले उक्त मदिरा भट्टिबाट पाँच सय लिटर तयारी मदिरा र २५ सय लिटर कच्चा पदार्थ बरामद गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख एसपी राजकुमार लम्सालले बताए। 

नष्ट गरिएका भट्टिहरुबाट ठूलो ड्रम २ थान , सानो ड्रम ४६ थान , मदिरा उत्पादन गर्ने मेसिन २ थान बरामद गरिएको छ।
 
लामो समयदेखि उक्त स्थानहरुमा निर्वाधरुपमा मदिराभट्टी सञ्चालन भइरहेको गोप्य सूचनाको आधारमा प्रहरीले छापा मार्दा एकै ठाउँमा ३ वटा मदिरा भट्टी सञ्चालनमा रहेको भेटिएको प्रहरीले जनाएको छ । भट्टी संचालकहरु भने प्रहरी आएको सुईको पाएर भाग्न सफल भएका छन् । 

महोत्तरी प्रहरीले जिल्ला भरि नै संचालनमा रहेको अवैध मदिरा भट्टी नियन्त्रण गर्ने उद्देश्य साथ विशेष टोली नै परिचालन गरेको र टोली परिचालन गरेपछिको यो पहिलो सफलता हात लागेको एसपी लम्सालले बताए ।
 
‘हामीलाई सूचना आए हामी जिल्लाको जुन सुकै ठाउँमा संचालित अवैध मदिरा भट्टीमा छापामारी यसैगरी नष्ट गर्ने कार्यलाई निरन्तरता दिदैं जाने छौँ’, एसपी लम्सालले बताए । 

महोत्तरी जिल्ला भरि तीन दर्जन भन्दा बढी अवैध मदिरा भट्टिहरु संचालनमा रहेको स्रोतको दावी रहेको छ । 

मटिहानी , सम्सी , रामगोपालपुर , औरही , रघुनाथपुर , पडौल , खेस्राहा खैरबन्नी , नैन्ही , भिटामोड , लगायत दर्जन भन्दा सिमावर्ती र भित्री महोत्तरीको विभिन्न गाउँहरुमा संगठितरुपमै अवैध मदिरा भट्टीहरू संचालनमा रहेको छ । 
यस्ता मदिरा भट्टीहरुबाट उत्पादित मदिरा खानाले सर्वसाधारणको स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले यसको नियन्त्रणमा प्रहरीले विशेष सतर्कता अपनाउनु पर्ने आवश्यक रहेको स्थानीयको भनाई रहेको छ । 

 

प्रकाशित: ७ असार २०७४ ०६:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App