१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

माओवादी पूर्वसभासद स्थानीय तहमा भिड्दै

काठमाडौं- माओवादी केन्द्रले असार १४ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनमा दुई पूर्वसभासद्लाई उम्मेदवार बनाएको छ। पोलिटब्युरो सदस्यदेखि पूर्वसभासदलाई चुनावी मैदानमा उठाएको माओवादीले पहिलो चरणको निर्वाचनमा  पनि ३ पूर्वसभासदलाई उम्मेदवार बनाएको थियो। दोस्रो चरणमा उम्मेदवार बनेका दुई पूर्वसांसदमध्ये एक नगरपालिका प्रमुख र अर्का गाउँपालिका अध्यक्षमा भिडेका छन्।

पार्टी प्रवक्ता पम्फा भुसालल भनिन्, 'थोरै संख्यामा पूर्वसभासद स्थानीय तहको चुनावमा उम्मेदवार बन्नुभएको छ।' उनका अनुसार पार्टी उम्मेदवारको नाम संकलन गर्ने कार्य भइरहेकाले अन्तिम विवरण भने आइसकेको छैन्।

दोस्रो चरणमा पूर्वसांसद जयन्तीकुमारी राई खोटाङको रुपाकोट गढीबाट उम्मेदवार बनेकी छिन्। उनी पहिलो संविधानसभामा समानुपातिकतर्फबाट सभासद थिइन्। पूर्वसभासद पटटु थारु बाँकेको राप्ती सोनारी गाउँपालिकाको अध्यक्ष पदको उम्मेदावार बनेकी छिन्।

तत्कालीन संविधानसभामा प्रत्यक्षतर्फ चुनाव लडेका तथा समानुपातिकमा सिफारिस भएका तर सभासद् नभएका नेता पनि स्थानीय तहको चुनावमा मेयर र अध्यक्ष पदमा प्रतिस्पर्धामा उत्रेका छन्। झापा–६ बाट प्रत्यक्षतर्फ निर्वाचन लडेका पुष्पलाल ढकाल गौरादह नगरपालिकामा मेयरका उम्मेदवार छन्। संविधानसभा चुनावमा उनी एमालेका दीपक कार्कीसँग पराजित भएका थिए।

सुनसरीको रंगेली नगरपालिकामा मेयरका उम्मेदवार दिलीप वगडीया समानुपातिकतर्फका पूर्वउम्मेदवार हुन्। उनलाई गत संविधानसभामा माओवादीले समानुपातिक उम्मेदवार बनाएको थियो।

वाँकेको निर्वाचन क्षेत्र ३ मा संविधानसभा चुनावमा उम्मेदवार भएका दामोदार आचार्य अहिले नेपालगञ्ज उपमहानगरपालिकाको मेयरमा प्रतिस्पर्धा गर्दैछन्। तत्कालीन कांग्रेस सभापति सुशील कोइरालाले उनलाई हराएका थिए। कैलालीमाा संविधानसभा चुनावमा प्रत्यक्षतर्फ उम्मेदवार भएका माओवादीका दुई नेता अहिले स्थानीय तहमा पनि मैदानमा उत्रिएका छन्। 'कैलालीमा संविधानसभा चुनावमा लडेका दुई जनालाई पार्टीले पुनः स्थानीय तहमा उठाएको छ', सांसद हरिलाल ज्ञवालीले भने। उनका अनुसार भजनी नगरपालिकामा मेयरका उम्मेदवार शेरबहादुर थारु गत संविधानसभा चुनावमा कैलाली–३ बाट उम्मेदवार भएका थिए। तत्कालीन फोरम लोकतान्त्रिकका रामजनम चौधरीले उनलाई पराजित गरेका थिए। यस्तै, जानकी गाउँपालिका प्रमुखमा उम्मेदवार बनेका फूलमान थारु पनि गत संविधानसभा चुनावमा प्रत्यक्षतर्फ उम्मेदवार बनेका थिए। त्यतिबेला उनले फोरम लोकतान्त्रिकका जनक चौधरीसँग कैलाली–१ मा प्रतिस्पर्धा गरेका थिए।

प्रकाशित: ८ असार २०७४ ०२:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App