१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

युवतीको दुई समूहबीच 'ग्यांगफाइट'

ललितपुर- ललितपुरको सातदोबाटोमा मंगलबार दुई युवती समूहबीच झडप भएको छ। झडपमा धारिलो हतियार प्रहारले एक युवती गम्भीर घाइते भएकी छिन्। प्रहरीका अनुसार सामाजिक सञ्जालको सामूहिक च्याट रुमबाट काभ्रेकी कोपिला गिरी र ओखलढुङगाकी सलिना राई सुनवारको चिनजान भएको थियो। फेसबुकको यो चिनजान धेरै दिन समधुर हुन सकेन। सातदोबाटो बस्ने गिरी र शान्तिनगर बस्ने राईबीच वादविवाद हुन थाल्यो। फेसबुक च्याट र मोबाइलमा एकले अर्कालाई धम्क्याउन थाले।

'दुवैले आफ्नो एरियामा आए देखाइदिने भन्ने क्रमको अन्त्य मंगलबार भयो। गिरी र राईको समूहबीच सातदोबाटोमा घम्साघम्सी भएको हो,' सातदोबाटोस्थित महानगरीय प्रहरी वृत्तका प्रमुख एवम् डिएसपी रामेश्वर यादवले भने। उनका अनुसार ६–७ जनाको समूहमा आएकी राई र उत्तिकै सख्यामा रहेको गिरी समूहबीच भनाभन भैरहेको बेला गिरीउपर अन्धाधुन्ध चक्कु प्रहार भएको हो। वृत्तका अनुसार १७ वर्षीया कोपिला गिरीलाई पाँच–छ ठाँउमा चक्कु लागेको छ। उनको हाल  सुमेरु अस्पताल धापाखेलमा उपचार भइरहेको छ।

प्रहरीले झडपमा संलग्न राईसहित पाँचजनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा चक्कु प्रहार गर्ने राई, सुमन राई, रजिना सुनुवार र  कामना राई छन्। गिरीउपर चक्कु प्रहार गरेपछि राई समूहका सदस्य गाडी चढेर भागिरहँदा प्रहरीको मोबाइल टोलीले नियन्त्रणमा लिएको हो।

'थप चारजना फरार छ, खोजी जारी छ। ज्यान मार्ने उद्योगमा थप कारबाही अघि बढेको छ' डिएसपी यादवले भने। उनका अनुसार राई समूहका सदस्य होटलमा वेटर काम गर्ने हुन्। पक्राउ परेका र फरार तथा घाइते १६ देखि २३ वर्ष उमेर समूहका छन्।

प्रकाशित: ८ असार २०७४ ०३:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App