१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

‘सायद २’ को प्रोफाइल बनाउनेले पोखरा घुम्न पाउने

काठमाडौँ –पछिल्लो समय नेपाली चलचित्र प्रचारको शैलीमा फरकपन देखिँदै आएको छ । यसैक्रममा दुर्गिस फिल्मस्ले पनि यस्तै नयाँ शैली अपनाएको छ । दुर्गिस फिल्मस्को निर्माणमा रहेको ‘सायद २’ को प्रमोशनमा उसले नयाँपन ल्याएको छ । 
दुर्गिस फिल्मस्ले सायद  २ को नाम समावेश गरेर फेसबुक प्रोफाइल बनाउनेलाई पोखरा घुम्ने अवसर दिने भएको छ । यो सँगै अहिले सामाजिक सञ्जालमा सायद २  नाम समावेश गरिएका प्रोफाइल पिक्चर बढ्न थालेका छन् । 

फिल्मका निर्माता सुनिल रावलका अनुसार फेसबुकमा एप्सबाट सायद २ को नामम समावेश भएको प्रोफाइल बनाउनेलाई २ दिनको पोखरा भ्रमणको अवसर दिइनेछ । पोखरामा बस्ने खाने र घुम्ने सबै व्यवस्था निर्माताले नै व्यहोर्नेछन् । गोलाप्रथाबाट विजेता चयन गरिने उनले बताए । 

पुष्पराज न्यौपानेको निर्देशन रहेको यो फिल्ममा सुशिल श्रेष्ठ, निशा कार्की, स्यारोन श्रेष्ठ, अमृत ढुंगाना, कुशल पाण्डे लगायत कलाकारको अभिनय रहेको छ । असार ३० गतेबाट देशभर रिलिज हुँदै गरेको फिल्ममा युवा कलाकारहरूको बाहुल्यता रहेको छ । 

 

प्रकाशित: ८ असार २०७४ ०५:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App