१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कीर्ते गर्ने मालपोतका सुब्बा जेल चलान

बनियानी – मानव अपहरण र सरकारी कागजात कीर्ते मुद्दा लागेका झापा जिल्ला मालपोत कार्यालयका सुब्बा टीकाराम लुइँटेललाई कारागार चलान गरिएको छ। 

घटना सार्वजनिक हुनासाथ फरार लुइँटेल आफैँ हाजिर भएपछि जिल्ला अदालतले रु ५० लाख धरौटी बुझाउन आदेश दिएको थिायो । सो धरौटी नबुझाएपछि बुधबार कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

गत माघमा शनिश्चरेका जीवन विष्टलाई अपहरण गरी बन्धक बनाएर कागजात कीर्ते गरेर करोडौँ मूल्यको जग्गा हडप्न खोजेको आरोपमा प्रहरीले १६ जनामाथि अनुसन्धान सुरु गरेको थियो । पीडित विष्टको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको छ जनामध्ये चारजना जेल चलान र दुईजना धरौटीमा रिहा भएका छन्। 

अन्य फरार अभियुक्तको खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस 

प्रकाशित: ८ असार २०७४ ०७:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App