१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

यसरी गरियो विमान दुर्घटना उद्दार अभ्यास (भिडियो)

उद्दारको अभ्यासको क्रममा नमुना जहानमा लागेको आगो। तस्बिर: प्रबिन कोइराला

काठमाडौं-  श्यामापुर भन्ने ठाउँबाट आएको विमान त्रिभुवन  विमानस्थल काठमाडौंमा अवतरण हुनै लाग्दा दुर्घटनामा पर्‍यो। १८० जना यात्रु बोकेर आएको ए ३३० मोडलको विमानको एक भागमा आगो सल्किन थाल्छ। विमानमा आगो लागेको थाहा पाएपछि त्यहाँ इमरजेन्सी टोली उपस्थित हुन्छन्। उनीहरु विमानमा लागेको आगो निभाउन दमकलहरु बोलाउँछन्। दमकल आइनपुग्दै विमानको अर्को इन्जिन पनि सल्किन थाल्छ। दुवैतिरमा इन्जिन सल्किएपछि विमानको चोरैतिर आगो दन्किन्छ। आगो दन्किएको केहिबेरमै दमकल आउँछन् । त्यसको केही समयपछि नेपाली सेना, एम्बुलेन्स, प्रहरी, नेपालीहरु आएर घाइतेलाई उद्धार गरी

भिडियो: प्रबिन कोइराला

हेलिकप्टरबाट ग्रान्डी अस्पताल र विएण्ड विमा लगिन्छ। साथै  मृतकको पहिचान गरिन्छ। नेपालमा भइरहने विमान दुर्घटनापछिको उद्धारलाई मध्यनजर गर्दै शुक्रबार त्रिभुवन विमान स्थलमा विमान दुर्घटनापछिको उद्वार अभ्यास गरियो। विमान दुर्घटना भएपछि अपनाउनुपर्ने सावधानी, उद्धारबारे थाहा दिन हरेक बर्ष यसरी नै अभ्यास गरिन्छ । अभ्यासका क्रममा बिमान दुर्घटना भएपछि गरिने सबै उद्धारमा कामहरुलाई देखाइन्छ ।  यो नै ‘फूल स्केल इमरजेन्सी एक्सरसाइज’ हो । अभ्यासका लागि आघा घण्टा विमानस्थल बन्द भएको थियो।

बेलुका ४:१५ देखि  बजे देखि ४:४५ सम्म विमानस्थल बन्द गरी अभ्यास गरिएको थियो। विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार करिब ६ बर्षदेखि यस्तोदाले अभ्यास गरिँदै आएको छ। यो बर्षको अभ्यासको लागि विमानस्थलले एयर बसको ए ३३० मोडलको विमान छनौट गरेको थियो।  ‘विश्व भइहरने जहाज दुर्घटनालाई कम गर्नका लागि यस्तो अभ्यास गरिन्छ,’ प्रवक्ता ठाकुरले भने, ‘अन्तराष्ट्रिय नागरिक उड्डयन संस्था(आइकाओ)को नियम अनुसार हरेक अन्तराष्ट्रिय मान्यताप्राप्त विमानस्थलहरुले  प्रत्येक दुई वर्षमा अनिवार्य ‘फूल स्केल इमरजेन्सी एक्सरसाइज’ गर्नुपर्ने हुन्छ।’

 यस्तो अभ्यासले विमानस्थलमा कुनै दुर्घटना भएमा कसरी उद्धार गर्ने भनेर गरिने पूर्व तयारी रहन सिकाउने बताइन्छ । सिकाइको क्रममा त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल क्षेत्रमा धु“वाको कालो मुस्लो देखिएको थियो । अभ्यासको क्रममा ५ वटा दमकल र एम्बुलेन्सको साइरन सुनिएको थियो । अभ्यासका लागि काठमाडौं, ललितपुर र भक्तपुरका दमकल, सुरक्षाकर्मी र एम्बुलेन्स तैनाथ थिए । जहाज दुर्घटनाको अभ्यासपछि हवाई सुरक्षासम्बन्धी विविध गतिविधि जानकारी गराइएको थियो।

प्रकाशित: ९ असार २०७४ १३:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App