१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

गाँजासहित दुई जना पक्राउ

रौतहट- लागू औषध गाँजासहित रौतहटमा दुईजना पक्राउ परेका छन्। गस्तीमा रहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी सहायक निरीक्षक गोविन्द राय यादवको नेतृत्वमा प्रहरीको टोलीले वृन्दावन गाउँपालिका वार्ड नम्बर ५ स्थित नहरबाट शुक्रबार राति दुईजनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा वृन्दावन गाउँपालिका ५ सखुअवा धमौराका ४० निसु राय यादव र ३५ बर्षका महेन्द्र राय यादव छन्। घरबाट गाँजा बिक्री गर्न गइरहेका दुवैजनालाई प्रहरीले शंका लागेपछि चेकजाँच गरेको थियो । दुवैजनाबाट प्रहरीले पाँच किलो गाँजा बरामद गरेको छ । दुवैजनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक केशव रेग्मीले जानकारी गराएका छन्।

 

प्रकाशित: १० असार २०७४ ०९:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App