सरस्वती पूजाको मूर्ति सेलाउनको लागि लैजाने बाटोको विषयमा भएको विवादले ईशनाथ नगरपालिका ६ र ७ मा शनिवार साँझ पाँच बजेदेखि लगाइएको कर्फ्यु आइतबार वडा नम्बर २, ३, ४ र ५ मा पनि विस्तार गरिएको हो।
गौर नगरपालिकाको वडा नम्बर २ मा २०२८ असार १ गते पिता हरि साह कानु र माता सहोदरी देवीका प्रथम पुत्रका रूपमा जन्मिएका शम्भु साह कानुले स्नातक तहसम्मको शिक्षा हासिल गरेका छन्।
जिल्ला न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासमा बम्जनको बयान भइरहेको छ। अदालतमा बम्जनको बयान भइरहँदा अदालत बाहिर भने उनका समर्थक र अनुयायीहरूको भिड लागेको छ।
बरहथवा नगरपालिका ६ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदेश अस्पताल बनाउनु पर्ने माग राख्दै केही दिनदेखि भइरहेको आन्दोलनमा प्रहरीको गोलीबाट स्थानीय युवकको मृत्यु भएपछि आन्दोलन झन् चर्किएको हो।