२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अदालतभित्र बम्जनको बयान, बाहिर अनुयायीको भिड

हत्या र बलात्कार आरोपमा पक्राउ परेका तपस्वी रामबहादुर बम्जनको अहिले जिल्ला अदालत सर्लाहीमा बयान भइरहेको छ।

जिल्ला न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासमा बम्जनको  बयान भइरहेको छ। अदालतमा बम्जनको बयान भइरहँदा अदालत बाहिर भने उनका समर्थक र अनुयायीहरूको भिड लागेको छ। 

सर्लाहीको उत्तरी भेग बागमती, लामबन्दी, हरिवन लगायतको क्षेत्र बाट सय भन्दा बढीको सङ्ख्यामा अनुयायीहरू जम्मा भएका छन्।

बागमती ३ का अनुयायी आनि नरदेव लामाले आफूहरू भगवानको दर्शन गर्न आएको बताए। उत्तरी भेगका बाट समर्थक तथा अनुयायीहरू आउने क्रम जारी छ।  जिल्ला अदालत बाहिर उनका अनुयायीहरू पर्खेर बसेका छन्।

प्रकाशित: २६ पुस २०८० ०७:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App