१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

‘एक घर दुई कागती बिरुवा’ अभियान

हेटौंडा  – ‘एक घर दुई कागती बिरुवा’ अभियान अन्तर्गत चार हजार एक सय बिरुवा वितरण गरिएको छ । कागती आयात कम गरी स्थानीय उत्पादन बढाउने उद्देश्यले अभियान कै रुपमा बिरुवा वितरण गरिएको हो ।

जिल्ला कृषि विकास कार्यालय मकवानपुरले हेटौंडा उपमहानगरपालिकासँगको सहकार्यमा बिरुवा वितरण गरेको हो । कृषिले एक हजार चार सय बिरुवा र उपमहानगरपािलकाले दुई हजार सात सय कागती बिरुवा खरिद गरेका थिए ।

हेटौंडाका दुईवटा टोल विकास संस्थालाई बिरुवा वितरण गरिएको छ । कृषि विकास कार्यालयतर्फको बिरुवा हेटौंडा वडा नम्बर १ र १० मा र उपमहानगरपालिकातर्फको बिरुवा वडा नम्बर २, ४ र ५ वितरण गरिएको थियो ।

बिरुवा वितरण गर्नेबारे राजनितिक दलका प्रतिनिधि, वडाका निर्वाचित प्रतिनिधि, टोल समन्वय समितिका पदाधिकारीको संयुक्त बैठक बसेर निर्णय गरेको थियो । 

टोल विकास संस्थाका सदस्यलाई एकै ठाउँमा बोलाएर रोप्ने तरिका सिकाएर मात्र बिरुवा वितरण गरिएको जिल्ला कृषि विकास कार्यालय मकवानपुरका प्रमुख निर्मल गदालले बताए । कागती आयात कम गर्ने उद्देश्यले बिरुवा वितरणलाई अभियानकै रुपमा सुरु गरिएको उनको भनाइ छ ।
गदाल र क्षेत्रीय कृषि निर्देशनालयका वरिष्ठ कृषि प्रसार अधिकृत टीकाराम थापाले बिरुवा हस्तान्तरण गरेका थिए ।

मकवानपुरका तत्कालीन नौ गाविसमा अघिल्ला दुई आर्थिक वर्षमा कागती मिसन कार्यक्रम नै सञ्चालन गरिएको थियो ।

प्रकाशित: ११ असार २०७४ ०६:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App